स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

उपभोक्तालाई सहुलियतमा खानेपानी

SHARE:

रामपुर (पाल्पा)।  रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ । 

उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । आठ युनिटसम्म प्रतियुनिट रु १७५ (न्यूनतम रकम), नौदेखि २० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले (न्यूनतम रकम रु १७५ सहित) रु ४० प्रतियुनिट, २१ युनिटभन्दा माथि पानी उपभोग गर्नेले (न्यूनतम रकम रु १७५ सहित) रु ६३ प्रतियुनिट पानीको मूल्य कायम गरिएको आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो । 

“उपभोक्तालाई खानेपानीमा राहतस्वरुप नगर विकास कोषको सल्लाह अनुसार खानेपानी महसुलको दर घटाइएको छ, खानेपानीको हाहाकार रहेको रामपुरमा यस आयोजना लागू भएपश्चात् घर–घरमा स्वच्छ, गुणस्तरीय खानेपानी सुविधा पुगेको छ, उपभोक्तालाई पानीको जोहो गर्नुपर्ने समस्या सुधारका लागि हटेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
  
यसभन्दा अगाडि न्यूनतम शुल्क रु २७५ (दश हजार लिटरसम्म पानी उपभोग गरेमा मात्र), दश हजार लिटर माथिदेखि २० हजार लिटरसम्म पानी उपभोग गर्नेले प्रतियुनिट रु ४२ र २१ हजार लिटरदेखि माथि पानी उपभोग गर्नेका लागि प्रतियुनिट रु ६३ शुल्क निर्धारण गरी पानी घर–घरमा वितरण भइरहेको कार्यालयले जनाएको छ ।
 
हालसम्म तीन हजार ७६४ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएकामध्ये अहिले तीन हजार ३१० घरधुरीमा धारा जडान गरी पानी वितरण भइरहेको आयोजनाका व्यवस्थापक सन्तबहादुर सारु बताउनुहुन्छ ।
 
रामपुर नगरपालिकाका उपभोक्तलाई शुद्ध, सफा र सहुलियत खानेपानी सुविधा घर–घरमा पु¥याउन वडा नं ४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ । यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ तीन÷तीन घण्टा खानेपानी वितरण भइरहेको छ । पानी उपभोग गरेका आधारमा मिटर जाँच गरेर शुल्क लिने गरिएको छ । 

    विपन्न परिवारलाई सम्बन्धित वडाको सिफारिसमा वडाले शुल्क तिर्ने गरी खानेपानी धारा जडान गरेर पानी वितरण गरिएको आयोजनाका कोषाध्यक्ष विष्णुमाया ढकाल बताउनुहुन्छ । उहाँका अनुसार पानी वितरण गर्न टाढा रहेको स्थानमा रामपुर नगरपालिकासँग समन्वय गरी पानीको सुविधा पु¥याइएको छ ।

नगरपालिकाको वडा नं ५ बेझाड बजारमाथि रहेको राम्चे सामुदायिक वनमा साढे चार लाख लिटरका दुई वटा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ भने नगरको वडा नं ७ का दुई स्थान डुम्रीगाउँमा एकवटा दुई लाख लिटर र कार्कीडाँडामा एकवटा डेढ लाख लिटरका ट्याङ्की राखेर पानी वितरण गरिएको छ  । 

बेझाड बजार क्षेत्रमा रहेका तीनवटै बोरिङबाट पानी चालु भइरहेको छ । डुम्रीगाउँ क्षेत्रमा रहेका तीन बोरिङमध्ये दुईवटाबाट पानी चालु अवस्थामा छ भने एकवटा रिजर्भमा छ । यस आयोजना क्षेत्रमा करिव १७० किलोमिटर विभिन्न आकारका पाइप बिच्छाइएको छ । आवश्यक ठाउँमा भल्भ, च्याम्बर, पाइप क्रसिङलगायतका अन्य संरचनाको व्यवस्था गरिएको छ । 

उपभोक्ता सदस्यता बढ्दै जाँदा र पानी वितरणको समय बढाउन राम्चे सामुदायिक वनमा दुई लाख लिटरको एक रिजर्भ ट्याङ्की, डुम्रीगाउँ क्षेत्रमा एक चार लाख लिटरका रिजर्भ ट्याङ्की निर्माण गर्ने योजना छ । जनघनत्व बढ्दै गएकाले डुम्रीगाउँ क्षेत्रमा एक डिप बोरिङ आवश्यक छ । बोरिङ प्रणालीबाट निकालिएको पानी फिल्टर गरेर उपभोक्ताको घर–घरमा पु¥याइएपछि पानीको हाहाकारको समस्या टरेको छ ।
       
यसभन्दा अघि नयाँ सदस्यताका लागि प्रतिघरधुरी २० हजार सदस्यता शुल्क निर्धारण गरिएकामा २०७८ असोज १ गतेदेखि लागू हुने गरी २२ हजार शुल्क तोकिएको छ । अहिले चालु भइरहेको आयोजनाले रामपुर नगरका करिव चार हजार घरधुरीमा धारा जडान गरी पानी वितरण गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । बोरिङबाट पानी तानेर उपचार विधि गरेर फिल्टर गरिएको पानी घरघरमा पु¥याइएको छ । 
       
नेपाल सरकार नगर विकास कोषको सहयोगमा विसं २०६७ मा सुरु भएको आयोजना २०७३ भदौमा परीक्षणका रुपमा सफल भएपछि त्यस समयदेखि नै खानेपानी वितरण गर्न थालिएको हो । नगर विकास कोषको रु २४ करोड ५० लाखको बोलपत्र आह्वान भएकामा त्यसमा ५० प्रतिशत नेपाल सरकारको अनुदान, नगर विकास कोषको ४५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत उपभोक्ताको सहयोगमा आयोजना सञ्चालन भएको हो । नगर विकास कोषसँग ४५ प्रतिशत ऋण सहयोग लिएर आयोजना सञ्चालन गरिएको छ । आयोजनाअन्तर्गत छवटा ब्लकसहित १५ समिति रहेको छ भने १३ जना कर्मचारी कार्यरत छन् ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: उपभोक्तालाई सहुलियतमा खानेपानी
उपभोक्तालाई सहुलियतमा खानेपानी
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_52.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_52.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content