अजय यादव वियोगी
काठमाडौं ,नेपाल ।
राष्ट्रिय अाविष्कार केन्द्रमा उधोग वाणिज्य तथा अापुर्ति मन्त्री दिलेन्द्र प्रसाद बढुले गरे अनुगमन ,केन्द्रलाई सहयोग गर्न जनाए प्रतिबद्धता
देशमा फड्को विकास हुनलाई वैज्ञानिक खोज तथा अनुसन्धान हुनु जरुरी रहेको हुन्छ ।देशकै खोज अनुसन्धानमा लागेको संस्था राष्ट्रिय अाविष्कार केन्द्रले धेरै सामाग्रीहरुको निर्माण गरिसकेका छन् ।धेरै सामाग्रीको निर्माण गर्ने क्रममा रहेका छन् ।उधोग वाणिज्य तथा अापुर्ति मन्त्री दिलेन्द्र प्रसाद बढुले राष्ट्रिय अाविष्कार केन्द्रको अनुगमन गरेका छन् ।मन्त्रालयका सचिव ,उपसचिव सहित अाविष्कार केन्द्र पुगेका मन्त्री बढुलाई राष्ट्रिय अाविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले केन्द्रका बारेमा जानकारी गराएका थिए ।देशमा सबै ठाउँमा राष्ट्रिय अाविष्कार केन्द्रमा लगानी गर्नुपर्ने अावश्यकता रहेको समेत अध्यक्ष पुनले मन्त्री बढुलाई यसमा लगानी लगाउन अाग्रह समेत गर्नुभयो ।२ घण्टाको लामो अनुगमन तथा छलफलपछि उधोग वाणिज्य तथा अापुर्ति मन्त्री दिलेन्द्र प्रसाद बढुले अाविष्कार केन्द्रमा सरकारले लगानी लगाउन तयार रहेको बताउनुभयो ।अावश्यक प्रक्रिया पूरा गरेर सरकारले अाविष्कार केन्द्रमा रकम लगानी तत्परता देखाएकैले अाविष्कार केन्द्रको बारेमा बुझ्न ईच्छा लागेको समेत मन्त्री बढुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।सरकार अहिले विदेशमा रहेकम यूवा तथा स्वदेशमै रोजगार गर्न सक्ने यूवाका लागि विभिन्न योजना ल्याएको भएपनि ती योजनालाई साकार बनाउन राष्ट्रिय अाविष्कार केन्द्र तथा अन्य सहकार्य गरेर जाने समेत बताउनुभयो ।लामो समय सम्म अाविष्कार केन्द्रमा बिताएका उधोग वाणिज्य तथा अापुर्ति मन्त्री दिलेन्द्र प्रसाद बढुलाई अाविष्कार केन्द्रका गतिविधि देखि लिएर अागामी रणनीतिको बारेमा जानकारी गराईएको थियो ।राष्ट्रिय अाविष्कार केन्द्रबाट ८८ वटा सामाग्री बनाउन प्रस्ताव गरेको भएपनि ५०/५३ सम्म सफल भएको र बाँकी अन्यको परिक्षण समेत भईरहेको राष्ट्रिय अाविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सो अवसर मन्त्री बढुलाई जानकारी गराउनुभयो ।अण्डा दिने मशिन ,मकै भुट्ने ,कुखुराको दाना ,तयार गर्ने ,व्यायाम गर्ने ,खोवा बनाउने तथा जंगलबाट काठ काट्ने लगायतको सामाग्री बनाईसकेको ,हाते मशिन अन्य धेरै डिभाईस निर्माण समेत राष्ट्रिय अाविष्कार केन्द्रले गरेको समेत मन्त्री बढुलाई जानकारी गराउनुभयो ।तत्कालै मन्त्री बढुले सँगै रहेका सचिव ,उपसचिवलाई कार्यविधि बनाएर राष्ट्रिय अाविष्कार केन्द्रलाई सहयोग गर्नको निम्ति निर्देशन समेत दिनुभयो ।काठमाडौको किर्तिपुरमा रहेको राष्ट्रिय अाविष्कार केन्द्रमा देशका कुना काप्चाबाट अाएका प्रतिभावान व्यक्तिहरुले खोज अनुसन्धान गरिरहेको राष्ट्रिय अाविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।राष्ट्रिय अाविष्कार केन्द्रमा अहिले ५१ जना भन्दा बढी काम गरिरहेको ईन्जिनियर भुवदेव झाले बताउनुभयो ।
प्रतिक्रिया