कृष्णा गुप्ता
सिम्रौनगढ ,बारा ।
"बाराको सिम्रौनगढ नगरपालिका -२ रानीवास बजारमा ग्रिन पार्क बनाउने वडाध्यक्ष अरबिन्द मुखियाले गरे घोषणा "
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ का वडाध्यक्ष अरबिन्द मुखियाले वडा नम्बर -२मा पर्ने रानीवास बजार क्षेत्रलाई ग्रिन पार्क बनाउने घोषणा गरेका छन् ।ग्रिन पार्कसँगै तरकारी बजार साथै वडा नम्बर -२ बाट एम्बुलेन्सको पनि व्यवस्था गर्न अाफू लागि परेको वडाध्यक्ष मुखियाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।सिम्रौनगढ नगरपालिकाको ११ वडा मध्ये वडा नम्बर -२ लाई नमुना वडाको रुपमा बनाउनको लागि अाफू लागि परेको समेत वडाध्यक्ष मुखियाले बताउनुभयो ।युवा लक्षित ,महिला लक्षित तथा अन्य सर्वसाधारण जनतालाई प्रत्यक्ष फाईदा पुग्ने खालको योजना बनाएर नमुना वडा बनाउन लागेको समेत वडाध्यक्ष मुखियाले बताउनुभयो ।जनताले दिएको जनादेशको कदर गर्न अाफू सदै तत्पर रहेको समेत वडाध्यक्ष अरबिन्द मुखियाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।ऐतिहासिक एवम्
पुरातात्त्विक नगरीको पहिचान बनाएको रानीवास मन्दिरको रंगरोदन देखि लिएर चारै तर्फबाट घेराबन्दी गरि ग्रिन पार्क बनाउने समेत लक्ष्य लिएको समेत वडाध्यक्ष मुखियाले बताउनुभयो ।धेरै ईतिहास बोकेको रानीवास मन्दिर देशमै प्रख्यात भएकाले त्यहीँ अनुसारको बनाउन सबैको साथ र सहयोगको अपेक्षा समेत रहेको वडाध्यक्ष अरबिन्द मुखियाले बताउनुभयो ।कार्यक्रममा नेपाली काँग्रेसका मधेस प्रदेशका उप -सभापति चन्द्रशेखर यादव ,नेपाली काँग्रेसका नेता सिकेन्द्र प्रसाद यादव ,नेपाली काँग्रेसका नेता दिपेन्द्र प्रसाद गुप्ता ,दिपक महतो ,धुपनारायण प्रसाद ,बासदेव साह ,शिक्षक रामुप्रसाद यादव ,समाजसेवी रामलोचन साह ,वडा सचिव साहेब कुमार ,समाजसेवी संतोष कुशवाहा ,धिरज गुप्ता मोहिचन प्रसाद गुप्ता ,छठु गिरी ,भोलाप्रसाद गुप्ता ,जादोलाल प्रसाद ,जयनारायण प्रसाद गुप्ता ,बिगन प्रसाद यादव ,शर्मान्द प्रसाद यादव ,रंजीत प्रसाद यादव ,अनिलकुमार महतो ,संतोषकुमार महतो ,रौशन गुप्ता ,निरज कुमार गुप्ता ,सुरज गुप्ता ,सुरेशप्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया