रामप्रवेश यादव
चिउटाहा ,बारा
"बाराको अादर्श कोतवाल गाउँपालिकामा अा.व.२०७९/०८०का लागि ३९ करोड ७७ लाख १ हजारको बजेट सार्वजनिक ,पालिकालाई नमुना विभिन्न योजनाहरु पारित "
बाराको आदर्श कोतवाल गाउँपालिकाको ९औं गाउँसभा सम्पन्न भएको छ। नेपाली कांग्रेसका मधेस प्रदेश समितिका उप-सभापति चन्द्रशेखर यादवको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष जवाहर साहको अध्यक्षतामा अा.व.२०७९ /०८० को नीति ,कार्यक्रम तथा बजेट सम्पन्न भएको हो । कार्यक्रमको संचालन गाउँपालिकाका प्रशासकीय अधिकृत सुनिल बिक्रम थापाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहले गरेको थिए। सो अवसरमा
गाउँपालिका अध्यक्ष जवाहर साहको निर्देशनमा गाउँपालिकाको कर्मचारी हृदयराज यादवले आर्थिक बर्ष ०७९/०८०को नीति कार्यक्रम र बजेटसार्वजनिक गरेका छन् ।अादर्शकोतवाल गाउँपालिकाले अगामी आर्थिक बर्षका लागिका चालू तर्फ २९ करोड ४१ लाख ४३ हजार पुँजिगत तर्फ १६ करोड ८५ लाख ५८ हजार गरि जम्मा ३९ करोड ७७ लाख १ हजार बजेट बजेट सार्वजनिक गरेको छ ।उक्त गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष मिरा देवी , वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु ,समाजसेवी,बुद्धिजीवी ,शिक्षक ,पत्रकार लगायत अाम सर्वसाधारणको विशेष उपस्थित रहेको थियोे ।
प्रतिक्रिया