Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिकामा ऐतिहासिक झलक गर्ने गरि खुल्ला मञ्चमा ९ अौँ गाउँसभा सम्पन्न ,अा.व.२०७९/०८० का लागि ४० करोड ५३ लाख २८ हजार १०० सयको बजेट सार्वजनिक

 अजय यादव वियोगी  कलैया ,बारा । " बाराको सुवर्ण गाउँपालिकामा ऐतिहासिक झलक गर्ने गरि खुल्ला मञ्चमा ९ अौँ गाउँसभा  सम्पन्न ,अा.व.२०७९/०८०...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको सुवर्ण गाउँपालिकामा ऐतिहासिक झलक गर्ने गरि खुल्ला मञ्चमा ९ अौँ गाउँसभा  सम्पन्न ,अा.व.२०७९/०८० का लागि ४० करोड ५३ लाख २८ हजार १०० सयको बजेट सार्वजनिक "




बाराको १६ पालिकामा मध्ये सधैं विवादमा पर्ने सुवर्ण गाउँपालिकामा नयाँ जनप्रतिनिधिहरु अाएसँग सुधारको अनुभुति हुन थालेको छ ।२०७३ साल देखि स्थानीय तह लागू भएसँगै अाशा पलाएका सुवर्ण गाउँपालिकामा २०७४ मा विजयी भएका जनप्रतिनिधिहरुले कोठे बैठकबाट गाउँसभाको प्रवृत्ति अन्त्य भएको छ ।८ अाठौँ गाउँसभा सम्म सुईको नपाएको सुवर्ण गाउँपालिका जनता अहिले घर-घरमा स्थानीय सरकारले ल्याएको बजेटको बारेमा छलफल तथा बहस गर्न मौका पाएका छन् ।विगतमा नातावादको गाउँपालिका बनाएका जनप्रतिनिधिहरु अहिले नयाँ नेतृत्व पंक्तिले सुरुवाती दिनमै वाह वाही बटुल्न सफल भएका छन् ।विगतमा सुवर्ण शमशेरको नामले नामाकरण भएको सुवर्ण गाउँपालिकाको अर्थ बल पूरा हुन लागेको छ ।स्थानीय सरकारको अनुभुति अाज सुवर्ण गाउँपालिकाले गर्न थालेका छन् ।जनताले जिताएका जनप्रतिनिधिहरुले कोठे गाउँसभा गरेको देखेर नेतृत्व पंक्ति नै चयन भएपछि अाज ९ अौँ गाउँसभाले जनताको हकहितमा सरकार रहन्छ भन्ने प्रष्ट गरि दिईएको छ ।बाराको सुवर्ण गाउँपालिकाका चर्चित नेपाली काँग्रेस युवा नेता एवम् गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवको अध्यक्ष्ातामा भएको ९ अौँ गाउँसभाको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवम् पुर्व संविधानसभा सदस्य राधेचन्द्र प्रसाद यादव रहनु भएको थियो ।विशिष्ट अतिथिमा नेपाली काँग्रेसका नेता एवम् पुर्व


संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादव रहनु भएको थियो ।अतिथिहरुमा उप - प्रमुख पुनम देवी ,प्रमुख प्रशासकीय अधिकृत नविनकुमार श्रीवास्तव , नेपाली काँग्रेस क्षेत्र -२ का क्षेत्रिय सभापति एवम् यूवा नेता ई.रामप्रवेश प्रसाद यादव ,समाजसेवी अमरदेव प्रसाद यादव ,शिक्षाप्रेमी ईद्रिस मियाँ ,पुर्व गाविस अध्यक्ष प्रहलाद प्रसाद यादव ,पुर्व गाविस अध्यक्ष रामएकबाल प्रसाद यादव ,जनता समाजवादी पार्टी ,नेपालका जिल्ला उपाध्यक्ष एवम् यूवा नेता धर्मविर प्रसाद यादव ,जनता समाजवादी पार्टीका युवा नेता नारायण प्रसाद यादव ,नेपाली काँग्रेसका सुवर्ण गाउँपालिका चर्चित यूवा नेता सतेन्द्र प्रसाद यादव लगायत गाउँपालिकाका ८ वडाका वडाध्यक्षहरु वडा नम्बर -१ का वडाध्यक्ष रामवेदया राउत अहिर ,वडा नम्बर -२ का वडाध्यक्ष रंजीत यादव ,वडा नम्बर -३ का वडाध्यक्ष रामक्षत्रि प्रसाद यादव ,वडा नम्बर -४ का वडाध्यक्ष झकड प्रसाद यादव ,वडा नम्बर -५ का वडाध्यक्ष रामएकबाल प्रसाद साह ,वडा नम्बर -६ का वडाध्यक्ष शिवधारी दास तत्वा  ,वडा नम्बर -७ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादव र वडा नम्बर -८का वडाध्यक्ष सैबुल्लाह मियाँ कुजडा  लगायतका रहनु भएको थियो ।कार्यपालिका सदस्य एवम् यूवा नेता विजय सिँह  तथा अन्य कार्यपालिका सदस्यहरु , बुद्धिजीवी ,समाजसेवी ,सञ्चारकर्मी ,महिला तथा अगुवाहरुको विशेष उपस्थिति रहेको थियो ।अार्थिक बर्ष २०७९ /०८० को निति ,बजेट तथा कार्यक्रमको बारेमा सुवर्ण गाउँपालिकाकि युवा नेत्री एवम् उपाध्यक्ष पुनम कुमारी यादवले कुल रकम ४० चालिस करोड ५३ लाख २८ हजार १०० सय (४०,५३ ,२८ ,१००) बजेट सार्वजनिक गरेकि हुन ।अार्थिक विकास तर्फ खेती गर्नका लागि कृषि मिटरमा खपत हुने विधुत्तको रकम नि:शुल्क गरिने व्यवस्था गरिएको समेत सार्वजनिक नितिमा उपाध्यक्ष यादवले प्रस्तुत गरेकि हुन ।सामाजिक तथा साँस्कृतिक विकास तर्फ गाउँपालिकालाई सफा र सुन्दर रुपमा विकास गरिने ,भौतिक पुर्वाधार तर्फ सुवर्ण गाउँपालिका भित्रमा बसोबास गरिने डोम समुदायको घर निर्माण गरिनेको लागि "सुवर्ण अावास योजना ",वातावरण विपत्त व्यवस्थापन ,संस्थागत विकास ,सेवा ,प्रवाह र सुशासन लगायतको क्षेत्रमा विभिन्न शीर्षकमा रकम छुट्याइएको सुवर्ण गाउँपालिकाकि उपाध्यक्ष पुनम कुमारी यादवले बजेट मार्फत सार्वजनिक गरेकि हुन।उपाध्यक्ष यादवले नयाँ योजना "अामा बचाउ अभियान" ल्याएको समेत सार्वजनिक गरेकि छिन् । अन्य महत्त्वकाँक्षी  कार्य समेत सुवर्ण गाउँपालिका अाएको नीति तथा बजेट कार्यक्रममा उपाध्यक्ष यादवले प्रस्तुत गरेकि हुन । समाजमा विकास कहिबाट नअाई यहीँका जनप्रतिनिधिले  गर्नुपर्ने भएकोले दिल खोलेर विकास गर्नुपर्ने अावश्यकता रहेको ९ अौँ गाउँसभाका प्रमुख अतिथि एवम् नेपाली काँग्रेसका नेता राधेचन्द्र प्रसाद यादवले बताउनुभयो ।सुवर्ण गाउँपालिकाबासीको हितमा जनप्रतिनिधिहरु काम गर्ला भन्ने विश्वास लागेको प्रमुख अतिथि यादवले बताउनुभयो।सुवर्ण गाउँपालिकामा खुला मञ्चमा पहिलो पटक ९अौँ गाउँसभा गरेर नयाँ संरचना बनाएको र जनताको काम समयमा नै गर्नुपर्ने दिन अाएको विशिष्ट अतिथि एवम् पुर्व संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवले बताउनुभयो।२०१५ सालका अर्थमन्त्री सुवर्ण शमशेर यहीँ यहीँ पावनभूमि सुवर्णमा जन्मेकाले वहाँकै नामबाट गाउँपालिकाको नाम रहन गएको  वहाँकै नमुना अनुसार बजेट अाएको समेत पुर्वसंविधान सभा सदस्य यादवले बताउनुभयो।बारा क्षेत्र नम्बर -२ का नेपाली काँग्रेसका सभापति एवम् यूवा नेता ई.रामप्रवेश यादवले सुवर्ण गाउँपालिकामा  वैज्ञानिक ढंगको शिक्षाप्रणाली लागू गर्नुपर्ने अावश्यकता रहेको बताउनुभयो।

शिक्षप्रेमी इद्रिस मियाँले सुवर्ण गाउँपालिकामा रहेको सबै सामुदायिक विधालयमा कडाइ गर्नुपर्ने अावश्यकता रहेको बताउनुभयो।९अौँ गाउँसभामा अमर प्रसाद यादव लगायत विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए।सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादव पुर्व संविधानसभा सदस्यद्वय राधेचन्द्र प्रसाद यादव र रामअयोध्या प्रसाद यादवलाई सम्मान गरेका छन् ।त्यस्तै पुर्व गाविस अध्यक्ष प्रहलाद प्रसाद यादवलाई समेत गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले सम्मान गरेका छन् ।जनताले दिएको जनादेशको कदर गरेर नै काम गरिने अाफू कटिबद्ध रहेको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले बताउनुभयो।९ अौँ गाउँसभा कार्यक्रमको सञ्चालन वडासचिव जगतकुमार यादवले गरेका थिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content