अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको १६ पालिका सहित सुवर्ण गाउँपालिकामा पनि निर्वाचन अधिकृत कार्यालयको स्थापना "
बाराको १६ पालिकामा अाज विधिवत रुपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।१६ पालिकामा निर्वाचन अायोगले पठाएको निर्वाचन अधिकृतहरुको उपस्थितिमा पालिकाका पार्टी प्रतिनिधि ,बुद्धिजीवी ,समाजसेवी ,पत्रकार लगायतको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।बाराको सुवर्ण गाउँपालिकाको कवही गोठमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीको प्रमुख अातिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सुवर्ण गाउँपालिकाका अधिकाँश पार्टीका नेता ,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।बाराको सुवर्ण गाउँपालिका भय रहित चुनाव सम्पन्न गर्नका लागि अाफूले सक्दो प्रयास गर्ने प्रमुख निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।स्वच्छ ढंगले निर्वाचन गराउन सबैले सहयोग गर्नुपर्ने अावश्यकता समेत रहेको प्रमुख निर्वाचन अधिकृत रेग्मीले
बताउनुभयो ।निर्वाचन अायोगले जारी गरेको अाचार संहिता विपरीत कसैले गतिविधि गरेको कानुनी कारवाही हुने प्रमुख निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।जनशक्तिको अभाव हुन नदिन र निर्वाचनमा खटिने सबै कर्मचारीसँग निरन्तर सहयोगको निम्ति समेत कार्यालय स्थापना गरि जनताको चाहना बमोजिम काम हुने प्रमुख निर्वाचन अधिकृत शम्भु प्रसाद रेग्मीले बताउनुभयो ।निर्वाचन अायोग प्रति सबैको विश्वास रहेकाले त्यो विश्वास कायम राख्न अाफूले निरन्तर लागि परेको समेत निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।यस्तै बाराकै कलैया उपमहानगरपालिका ,जितपुर सिमरा उपमहानगरपालिका ,निजगढ नगरपालिका ,कोल्हबी नगरपालिका ,महागढीमाई नगरपालिका ,पचरौता नगरपालिका ,अादर्श कोतवाल गाउँपालिका ,बारागढी गाउँपालिका ,करैयामाई गाउँपालिका ,देवताल गाउँपालिका ,फेटा गाउँपालिका ,विश्रामपुर गाउँपालिका प्रसौनी र परवानीपुर गाउँपालिकामा समेत निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताईएको छ।यहीँ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया