नन्दलाल प्रसाद चौरसिया
बरियारपुर ,बारा ।
" वितिय शिक्षा तथाव्यावसायिक ज्ञान तालिम -१ सुवर्ण गाउँपालिकाको बगहीमा सम्पन्न " बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -१ बगहीमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालयमा एकदिने वितिय शिक्षा तथा व्यावसायिक तालिम -१ सम्पन्न भएको छ । सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बरियारपुरकोअायोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।सुवर्ण गाउँपालिका -१ बगहीमा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम -१ मा महिलाहरूको सहभागिता रहेको थियो ।पर्यवेक्षकका रुपमा रामेशवर प्रसाद साह र साना कृषि सहकारी संस्था
लिमिटेडका कर्मचारी अजेश प्रसाद कुशवाहा लगायत ३०जना महिला सहभागिता रहेको थियो ।महिलाहरुलाई जागरुक बनाउने उद्देश्यले तालिमको अायोजना गरिएको अायोजक संस्थाले जानकारी दिएका छन् ।प्राविधिक तथा अार्थिक सहयोग ग्रामीण उधम तथा विप्रेषण अायोजना समृद्धि )ले गरेका थिए ।यस्ता तालिमले महिलालाई अात्मनिर्भर बनाउनमा सहयोग पुग्ने सहभागी भएका महिलाहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएकि हुन ।ग्रामीण भेगमा महिलालाईलाई तालिमबाट प्रगति गराउनु अाफैँमा सराहनीय काम भएको बगहीका स्थानीयबुद्धिजीवीहरुले बताएका छन् ।बाराको सबैभन्दा सानो तथा पिछडिएको ठाउँमा यस्तो तालिमले महिलाहरुमा खुशीयाली छाएको हो ।
प्रतिक्रिया