सम्पादकीय ।
" गाउँपालिका अध्यक्षको ताण्डव ,कर्मचारी माथि "
देशमा संघिय लोकतान्त्रिक गणतन्त्र अायो ।तर व्यवस्था त्यहीँ पुराना नै भए ।के को नयाँ हुनु पहिला भन्दा झन् बिगडेको रहेछ ।विधिको शासन ,सुशासन तथा भ्रष्टाचार मुक्त यी सबै कागजमै हुने कुरा भयो ।बाराको १६ पालिकामध्ये कमसल खालको ,गुणस्तरहिन काम गर्ने गाउँपालिकाको रुपमा चर्चा कमाएको देवताल गाउँपालिकामा अहिले नयाँ ताण्डव भईरहेको छ ।देवताल गाउँपालिका अध्यक्ष चन्दन कुमार सिँहले कर्मचारीहरु माथि ताण्डव मच्चाईरहेका छन् ।स्थानीय तहको चुनाव घोषणा भएपनि गाउँपालिका प्रशासकीय अधिकृतको झमेला जारी रहेका छन् ।राजनीतिको जानकारी समेत नभएका गाउँपालिका अध्यक्ष सिँह पटक पटक विवादमा मुछिदै अाएका हुन ।सामान्य अस्थायी शिक्षकबाट राजिनामा दिई चुनाव जितेका चन्दन कुमार सिँहले गाउँपालिकाको विकास गर्नु भन्दा अाफ्नै बढी विकास गरेका हुन ।देवताल गाउँपालिका ७ वडामा भन्दा अाफ्नै वडामा विभिन्न योजना खडा गरि रकम खर्चेका हुन ।देवताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई हाजिर नै गराउने र सामाजिक सञ्जालमा अनेकन थरिका कुरा बाहिर ल्याएपछि अध्यक्ष सिँहको असली रुप बाहिर अाएका छन ।५ बर्ष सम्म सेटिङ्गकै अाधारमा काम गरेका र ती सबै फाईल चुनावमा सार्वजनिक हुने डरले पुरानै प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहलाई राख्न गाउँपालिकाको लाखौं रकम खर्च गरेका छन ।पटक पटक मन्त्रालय धाएका गाउँपालिका अध्यक्ष चन्दन कुमार सिँह बखेडा निकाल्नुले अर्को रहस्य खुलेको छ ।अार्थिक चलखेल गर्न माहिर अधिकाँश जनप्रतिनिधिहरुले अहिले चुनावी माहोलमा अागोमा पानी हाल्नुको सट्टा पेट्रोल हुने डर नयाँ हाकिमसँग शंसकित भएका हुन ।कर्मचारीलाई लिएर यति विवाद गर्ने हो भने बाराका अधिकाँश पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरुको रजाइँ नै चलेका छन् ।सुवर्ण गाउँपालिका,सिम्रौनगढ नगरपालिका ,पचरौता नगरपालिका र जितपुर सिमारा उपमहानगरपालिकामा रहेका प्रमुख प्रशासकीय अधिकृत अहिलेका जनप्रतिनिधि निकट भएकाले टिकी राखेका छन् ।यसरी बाराको शासन ,व्यवस्था चलिरहेको छ ,जनप्रतिनिधिले कर्मचारी चुनेर यदि कार्यालय चलाउने हो भने त्यहीँ जनप्रतिनिधिले कर्मचारीभन्दा कृर्ते कर्मचारी समेत राखेको खुलेको छ ।यसरी बारामा राम्रोसँग चल्ने कुनै पालिका छैन ,जहाँ विवाद नहोस् ।साँढेको जुधाईमा भेडाँको पिसाई ।
जनताको काम जेवको तेव ।
जय जनता, जय गढीमाई ,जय राष्ट्र ।
प्रतिक्रिया