Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगञ्ज र मकवानपुर उद्योग वाणिज्य सङ्घबीच भगिनी सम्बन्ध कायम

वीरगञ्ज, २० चैत्र । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मकवानपुर उद्योग वाणिज्य सङ्घसँग एक समारोहका विच व्यापार विस्तार र आपसी समन्वय र सहकार्यको ...

वीरगञ्ज, २० चैत्र ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मकवानपुर उद्योग वाणिज्य सङ्घसँग एक समारोहका विच व्यापार विस्तार र आपसी समन्वय र सहकार्यको लागि भगिनी सम्बन्ध कायम गरेको छ ।

समकक्षी जिल्ला उद्योग वाणिज्य सङ्घहरुसँग भेटघाट र एक अर्का सङ्घहरुले आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्याहरुलाई एक–अर्का सङ्घ बीच साझा गर्ने र उक्त अवसर, सम्भावना र समस्याहरुलाई सम्बद्ध सङ्घहरुले आ–आफ्नो संस्था मार्फत् एकीकृत रुपमा उठान गरी सरोकारवाला निकायहरु समक्ष पु¥याउन संस्थागत रुपमा प्रभावकारी पहल गर्ने साझा अभिमत निर्माण गर्ने उद्देश्यले यस सङ्घले मकवानपुर उवासङ्घसँग भगिनी सम्बन्ध स्थापना गरेको छ ।

वीरगञ्ज उवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ता र मकवानपुर उवासङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले स्मृति–पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा वीरगञ्ज उवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावना दर्शाउनु हुँदै वीरगञ्जले मुलुककै आर्थिक उन्नयनका लागि खेलेको भूमिका बारे अवगत गराउनु भयो । उहाँले केहि दिन पहिला विभिन्न मन्त्रालयका मन्त्री, सचिव, विभागका महानिर्देशक लगायत सम्बन्धित निकायहरुसँग भेटघाटको क्रममा वीउवासङ्घबाट उठाइएको कर, राजस्व, भंसार, स्थानीय कर, पूर्वाधार विकास, औद्योगिक विकास, शान्ति सुरक्षा लगायतका मुद्दाहरुलाई राष्ट्रियस्तरमा उजागर गरी सोको समाधानको लागि आपसी समन्वय एवम् सहकार्यको आवश्यकता रहेको उद्योग वाणिज्य सङ्घहरुको संयुक्त पहल एवम् प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

मकवानपुर उवासङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले यस क्षेत्रको उद्योग, व्यापार, व्यवसायको साथै सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटन, ह्याण्डी क्राफ्ट्सको विकास र प्रबद्र्धनको लागि सहकार्य गर्न जोड दिनुभएको थियो । साथै वीउवासङ्घबाट उठाइएका मुद्दाहरु राष्ट्रियस्तरमा उजागर गरी सोको समाधानको लागि आपसी समन्वय एवम् सहकार्य गर्ने बताउनुभयो । मकवानपुर उवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले उवासङ्घहरु बीच भगिनी सम्बन्ध कायम गरेर मात्र नभई आपसी समन्वय र सहकार्यलाई निरन्तरता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, का.स.स. अंकित खेतान, सुरेश रुगंटा, प्रमोद चौरसिया, रविन्द्र बरनवाल लगायतको उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content