वीरगंज, ५ वैशाख ।
जिल्ला प्रशासन कार्यालय, पर्साका ३१ वटा राजनीतिक दलले निर्वाचन स्वच्छ र निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको सर्बदलीय बैठकमा सो प्रतिबद्धता जनाइएको हो ।
आसन्न स्थानीय तहको निर्वाचन भयरहित वतावरणमा निष्पक्ष सम्पन्न गर्न निर्वाचन आयोगले जारी गरेको निर्देशन बमोजिम निर्वाचन आचारसंहिता २०७८ पूर्णरुपमा पालना गर्ने निर्णय गरिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरुको लागि जारी गरेको १७ र ६० बुँदे निर्देशन पर्सा जिल्ला दर्ता भएका सबै राजनीतिक दलहरुले पूर्णरुपमा पालना गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया