प्रजनन स्वास्थ्य सम्बन्धि दुई दिने तालिम सम्पन्न
दिपेन्द्र जयसवाल
कलैया , बारा । चैत्र २८ गते।
बाराको सुवर्ण गाउँपालिका वडा नं.६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मझरीया र वडा नं.८ मा रहेको रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय भिस्वा चौकको विद्यालयको प्रागंनमा श्री सत्यशाई युवा क्लब बारागढी वडा नं.१ को आयोजनामा र सुवर्ण गाउँपालिका कवही गोठको सहयोगमा दुई दिने त्यहाँका स्थानिय किशोरकिशोरीहरूलाई प्रजनन स्वास्थ्य
सम्बन्धि तालिम दुई दिने तालिम सम्पन्न भएको छ । सो तालिममा मेनुका चौधरी र सुनेश्वर साहले तालिममा आएका सहभागिहरूलाई प्रशिक्षण दिनु भएको थियो । तालिममा सय जना स्थानिय किशोरकिशोरीहरूको सहभागिता रहेको थियो I सो तालिममा वडा नं.६ को वडा अध्यक्ष शिवधारी दास, वडा नं.७ को वडा अध्यक्ष विजय सिंह, वडा नं.८ को वडा अध्यक्ष सयबुला मन्सुर लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया