तिनै जना उम्मेदवारले बहुमत ल्याउन सकेनन्, कांग्रेस बारा सभापतिको चयन दोस्रो चरणमा गर्ने तयारी "
कलैया । नेपाली काङ्ग्रेस बाराको निर्वाचन को मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । जिल्ला मा रहेकोे ४ निर्वाचन क्षेत्र मध्ये सबैको नतिजा आइसकेको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेती ले जानकारी दिएका छ्न । अन्तिम मतगणना अनुसार राजेश राय यादव १४ मतले अगाडि छन् । कुल खसेको मतमा राजेश राय यादव ले ८३३ , शम्भु बहादुर बुढाथोकी ८०९ रामानन्द यादव ले ७०८ प्राप्त गरेका छन् ।
प्रतिस्पर्धीमा कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको छ ।मुख्य निर्वाचन अधिकृत उप्रेतीले आज बिहान ११:३० बजे बैठक बसेर निर्णय गर्ने बताए । अब पहिलो र दोस्रो धेरै मत ल्याएका राजेश राय यादव र शम्भु बहादुर बुढाथोकी बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया