Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बक्यौता तिर्न बाँकी ठेकेदार कम्पनीलाई स्टक उठाउन दिएको भन्दै चन्द्रपुरमा विवाद

२९ फाल्गुन २०७८, आईतवार रौतहट । ८५ लाख वक्यौता रकम रुपैया तिर्न बाँकी ठेकेदार कम्पनीलाई चन्द्रपुर नगरपालिकाले पुनः नदिजन्य पर्दाथ उठाउन सहमत...

२९ फाल्गुन २०७८, आईतवार
रौतहट । ८५ लाख वक्यौता रकम रुपैया तिर्न बाँकी ठेकेदार कम्पनीलाई चन्द्रपुर नगरपालिकाले पुनः नदिजन्य पर्दाथ उठाउन सहमती दिएको छ ।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीको मिलोमतोमा ठेकेदार कम्पनी गौरव हार्डवेयरले ठेक्का वापतको पुरानो रकम नतिरी ठेकेदार कम्पनीले जम्मा गरिराखेको स्टक उठाउन थालेपछि जनप्रतिनिधीहरुनै विरोधमा उत्रिएका छन् ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा रहेको चाँदी खोलाको विभिन्न स्थानमा सो ठेकेदार कम्पनीले स्टक गरेर राखेको ढुङ्गा, वालुवा, गिट्टी लगायतका नदिजन्य पर्दाथ सो कम्पनीले ठेक्का वापतको रकम नतिरेपछि नगरपालिकाले उठाउन रोक लगाएको थियो ।

यसरी रोक लगाएपछि सो कम्पनी नगरपालिकाको निर्णय विरुद्ध अदालत गएको थियो । गौरव हार्डवेयरले चन्द्रपुर नगरपालिकासँग आर्थिक वर्ष २०७५÷०७६ मा चाँदी नदी उत्तरतर्फको ढुङ्गा, वालुवा, गिट्टी निकासी पैठारी ठेक्का भ्याट बाहेक १ करोड २७ लाख ५० हजारमा सकार गरेको थियो ।

उसले सो आर्थिक वर्षभरी नदिजन्य पदार्थहरु बेचेर आर्थिक वर्षको अन्त्यमा आफुले विविध अवरोधका कारणले निकासी गर्न नपाएको भन्दै सो रकम नगरपालिकालाई नतिर्न र बैंक ग्यारेन्टी वापतको ८५ लाख फुकुवा गरेर आफ्नो नोक्सानी वापतको क्षतिपूर्ति दिन भन्दै नगरपालिका विरुद्ध जिल्ला अदातलमा मुद्धा दायर गरेका थिए ।

ठेकेदार कम्पनीले हालेको मुद्धामा नगरपालिकाको तर्फबाट नगर प्रमुख चौधरीले कार्यपालिकामा छलफलनै नगरि एकलौटी ढंगले मिलापत्र गरेका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वोधनाथ देवकोटाले बताए ।

उनले वक्यौता नतिर्ने ठेकेदार कम्पनीलाई कडी कडाइ गर्नुको सट्टा उल्टै सुटुक्क मिलापत्र गरेर गल्ति गरेका नगर प्रमुखले सो वक्यौता उठाउन ठेकेदार कम्पनीलाई दवाव दिनुको सट्टा उल्टै उसको स्टक उठाउन अनुमतिको पत्र दिएर महागल्ती गरेको बताए ।

'नगर प्रमुखले चुनाव खर्च उठाउन ठेकेदारसँग मिलापत्र गरेर स्टक उठाउने अनुमति दिएको जस्तो लाग्दैछ' उनको आरोप छ, 'जनताको उठ्नुपर्ने रकम नउठाइ उल्टै ठेकेदार कम्पनि पोस्ने नगर प्रमुखको कदमको हामी विरोधमा छौँ । पहिला ठेकेदार कम्पनीले वक्यौता तिर्नुपर्छ अनि मात्र स्टक उठाउन दिन्छौँ , अटेर गरे कडा प्रतिवातमा उत्रन्छौँ ।'

नगर प्रमुख चौधरीले आफुखुसी ठेकेदार कम्पनीसँग मिलापत्र गरेपछि उनको कार्यपालिकाको वैठकमा चर्को आलोचना भएको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष संजय काफ्ले बताए ।

बैठकमा चर्को आलोचना भएपछि नगर प्रमुख चौधरीले ठेकेदार कम्पनीले मंसिर महिना भित्र सबै वक्यौता तिर्ने नतिरे आफुले तिर्ने भनेर लिखित जिम्मा जमानी बसेको उनको भनाइ छ । यसरी वक्यौता तिरेर मात्र स्टक उठाउने भनिएकोमा अहिले चिठ्ठी दिएर सोही कम्पनीलाई स्टक उठाउने अनुमित दिएकाले नगर प्रमुख चौधरीको नियतमा खोट देखिएको उनको बुझाइ छ ।

चन्द्रपुर नगरपालिकाले फागुन १६ गते गौरव हार्डवेयरलाई पत्र एक दिदैँ सो हार्डवेयरले स्टक गरेर राखेको सामान मध्ये ४२ हजार ५ सय घन मिटर चन्द्रपुर नगरपालिकाको छुटपुर्जी प्रमाणिग गरि निकासी दिएको छ ।

नगर प्रमुख चौधरीद्धारा हस्ताक्षरित सो चिठ्ठीमा जिल्ला अदालतमा गौरमा मिति २०७४\०९\०८ मा मिलापत्र भएकोले सो मिलापत्र कार्यान्यवन गर्ने सम्बन्धमा गौरव हार्डवेयर र चन्द्रपुर नगरपालिका २००७\१२\०२ गते भएको सम्झौता बमोजिम त्यस हार्डवेयरले भोर्लेनी सामुदायिक वन उपभोकासमिति चन्द्रपुर–३, गैडाटारमा स्टोक गरेको ढुङ्गा, बालुवा, गिट्टी मध्ये ४२५०० घन। मि। निकासी गर्न पाउने गरी सम्झौता भएकाले चन्द्रपुर नगरपालिकाबाट छुटपूर्जी प्रमाणित गरी निकासी दिएको भनिएको छ ।

यसरी नगरपालिकाबाट छुट पुर्जी पाएपछि ठेकेदार कम्पनीले स्काभेटर र ट्रिफर लगाएर धमाधम खोलाबाट स्टक उठाउन थालेपछि वडा नम्बर ३ का वडाअध्यक्ष देवकोटाले सो को विरोध गर्दै रोक्न लगाएका छन् ।

ठेकेदार कम्पनीले स्वयमले चन्द्रपुर नगरपालिकाको रसिद काँटेर स्टक उठाइरहेको पाइएको छ । नगरपालिका वा वडाका कुनै कर्मचारी नराखी ठेकेदार कम्पनीलेनै आफुखुसी रसिद काट्दा सही तथ्याङ्क नआउने चिन्ता पनि जनप्रतिनिधीले व्यक्त गरेका छन् ।

यता नगर प्रमुख चौधरीले भने आफुहरुले अदालतको निर्णयनै पालना गरेर सो हार्डवेयरलाई टक गरेर राखेको ढुङ्गा उठाउन दिएको दावी गरेका छन् ।

उनले ठेकेदार कम्पनीले आफ्नो स्टक उठाएर बेच्न नपाए नगरपालिकालाई तिर्नुपर्ने वक्यौता तिर्न नसक्ने हुनाले सो निर्णय गरिएको स्पष्ट पारेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content