बारागढी गाउँपालिका वडा नं.५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिहासनीको प्राङ्गनमा बारागढी गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद खोपवा बाराको आयोजनामा १ दिने गाउँपालिका स्तरीय हाजरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न दिपेन्द्र जयसवाल
कलैया , बारा । चैत्र १७ गते ।
बाराको बारागढी गाउँपालिका वडा नं.५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिहासनीको प्राङ्गनमा बारागढी गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद खोपवा बाराको आयोजनामा १ दिने गाउँपालिका स्तरीय हाजरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायको प्रमुख आतिथ्यतामा भएको सो हाजरी जवाफ प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १३ ओटा सामुदायिक विद्यालयहरूका विधार्थीहरूले सो हाजरी जवाफ प्रतियोगितामा सहभागिता जनाएका थिए l सो हाजरी जवाफ प्रतियोगितामा
मा.वि.तर्फ श्री गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालय गडहल प्रथम,श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय चेरवन्त पथरा दोस्रो र श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिहासनी तेस्रो भएका छन् । त्यस्तै आधारभूत तर्फ श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय चेरवन्त पथरा प्रथम,श्री जनता माध्यमिक बिद्यालय बुद्धगाई दोस्रोर श्री नथुनी आधारभूत बिद्यालय दौर्वा तेस्रो रहेका छन्। त्यस्तै कक्षा १ देखि ५ सम्म प्रा.वि.तर्फ श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय चेरवन्त पथरा प्रथम, नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिहासनी दोस्रो र राम कविर भगवान आधारभूत बिद्यालय मुर्की तेस्रो भएका छन् । गाउँपालिका अध्यक्ष देवदत्त बडाड थारूको अध्यक्षतामा भएको सो हाजरी जवाफ प्रतियोगिता कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी,शिक्षा अधिकृत जलमती चौधरी,कार्यपालिका सदस्य अछेलाल राम,जोगिन्द्र साह कानु,नेपाल राष्ट्रिय आधारभूत विद्यालय चेरवन्त पथराको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मुरारी प्रसाद चौधरी,गाउँपालिकाको प्रशासन प्रमुख गंगा कुमारी दास,कम्प्युटर रञ्जित कुमार कार्की प्रधानाध्यापक बालेश्वर राम लगायत गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू,शिक्षक शिक्षिका,शिक्षाप्रेमी,अभिभावक, विद्यार्थीहरू,सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षिका प्रियात्मा चौधरीले गर्नु भएको थियो ।
प्रतिक्रिया