वीरगंज, २९ फागुन/
मधेसी दलका प्रभावशाली नेता शिव पटेल पनि एमालेमा आबद्ध भएका छन् ।
आज बहुदरामाई नगरपालिका–१ पिपरामा आयोजित नेकपा एमाले नगर स्तरीय भेलामा बोल्दै उनले आफू एमालेको सिपाही भएको बताए । उनले मधेसी दलहरु अन्य पार्टीको भातृ संगठन भएको बताउँदै आफू एमालेमा प्रवेश गरेको बताए । उनले मधेसी दलहरु मधेसलाई अधिकारसम्पन्न बनाउनुभन्दा पनि आफूहरु सम्पन्न बन्न लागेको बताए । चैत ८ गते एमाले अध्यक्ष केपी ओली पर्सा आउने र सो कार्यक्रममा आफू पार्टी प्रवेश गर्ने बताए ।
कार्यक्रममा प्रभु हजरा, राजकुमार गुप्ता, विचारी यादवलगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया