Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीउवासंघद्वारा औद्योगिक सुरक्षा बल पुनबहाली गर्न प्रम देउवासँग माग

वीरगञ्ज, २७ फाल्गुन/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पदाधिकारी, पूर्व अध्यक्ष सम्मिलित एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवाको वी...

वीरगञ्ज, २७ फाल्गुन/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पदाधिकारी, पूर्व अध्यक्ष सम्मिलित एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवाको वीरगञ्ज भ्रमणको अवसर छोपेर उहाँसँग स्थानीय होटल दियालो लर्ड प्लाजामा भेटघाट गरेको छ ।
भेटघाटको क्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर मुलुककै प्रमुख कोरिडोर रहेकोले औद्योगिक कोरिडोरको लागि चाहिने सम्पूर्ण सेवा सुविधा सहितको औद्योगिक कोरिडोरको घोषणा गर्न आग्रह गर्नुभयो । लामो समयदेखि माग पश्चात् स्थापना गरिएको औद्योगिक सुरक्षा बल पछिल्ला वर्षदेखि एक्कासि निजीक्षेत्र सँगको छलफल र संवाद बेगर नै खारेजी गरिएको औद्योगिक सुरक्षा बलको खारेजीले औद्योगिक सुरक्षा पुनः खलबलिन गएकोले पुनस्र्थापना गर्न प्रधानमन्त्री देउवासँग अनुरोध गर्नुभयो ।
सङ्घका अध्यक्ष डा. गुप्ताले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको तराई–काठमाण्डौं द्रुतमार्गको निर्माण, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समय सीमा तोकेर नै सम्पन्न गर्न निर्देशन गर्न आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले वीरगञ्जलाई गेटवे अफ नेपाल मानिने र यस नाकाबाट दिनहुँजसो लाखौं यात्रुहरू आवागमन गर्ने भएकोले वीरगञ्ज – रक्सौल बोर्डरलाई ह्यापी बोर्डरको रूपमा परिणत गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले ह्यापी बोर्डरको रूपमा परिणत गर्न बोर्डरदेखि २५–२५ कि.मि. सम्मको क्षेत्रको भौतिक पूर्वाधार विकास हुनुपर्ने, बोर्डरमा कुनै यात्रुलाई कष्ट नहुने किसिमको वातावरण निर्माण गर्नुपर्ने, ह्यापी बोर्डरको मुहार झल्किने किसिमले वीरगञ्ज – रक्सौल बीचको मितेरी पुलको निर्माण गर्नुपर्ने, पर्यटकहरूको लागि आकर्षणको केन्द्रबिन्दुको बन्ने किसिमले मितेरी पुललाई गेटवे ब्रिजको रूपमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै उहाँले परम्परागत कृषि कर्मले उत्पादकत्व वृद्धि र कृषिको व्यवसायीकरण सम्भव नहुने भएकोले मोडेल फार्मिङ्ग र छिमेकी मुलुकले गरेको कृषिका नयाँ प्रयोग र अभ्यासलाई समेत दृष्टिगत मधेश प्रदेशमा एउटा कृषि विश्वविद्यालय स्थापना गर्न र सो कृषि विश्वविद्यालयलाई छिमेकी मित्र राष्ट्र भारत, विहारको समस्तीपुरमा अवस्थित प्रख्यात "पुषा कृषि विश्वविद्यालय" सँगको समन्वय र सहकार्यमा सञ्चालन गर्न आग्रह गनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घबाट प्रस्तुत गरिएको सुझावहरूलाई आपूmले सकारात्मक लिएको बताउनुहुँदै निजीक्षेत्रको माग र गुनासोप्रति आपूm गम्भीर रहेको बताउनुभयो । उहाँले सङ्घबाट दर्शाइएका विकास सम्बन्धी सुझावहरूलाई आगामी बजेटमा समेट्ने आश्वासन दिनुभयो । त्यस्तै उहाँले व्यापार घाटा न्यूनीकरण गर्न, तरलता अभाव हटाउन, ब्याज दरमा स्थिरता कायम गर्न, विदेशी मुद्राको सञ्चिती गर्ने लगायतका विषयमा वीउवासङ्घसँग अझ गहन छलफल गरेर अर्थ व्यवस्था सन्तुलित बनाउने प्रयास गर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्ष अशोककुमार टेमानी र अशोककुमार वैध, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल लगायतको उपस्थिति रहेको थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content