
बीरगंज । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ स्थित सडक खण्डमा गए राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार ४ बर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् ।
ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा, बा५५प ६५२८ नम्बरको मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा जिराभवानी गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीया विद्या देवी र उनकी ४ वर्षीया छोरी अन्या कुमारीलाई गम्भीर घाइते भएको र घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बालिकाको विच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते विद्या देवीको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
प्रतिक्रिया