" नेपाल धानुक समाजको केन्द्रिय कमिटी चयन"
कलैया , बारा।फागुन २ गते
नेपाल धानुक समाजको केन्द्रीय कमिटीमा बारा जिल्लाबाट महासचिव सहित चार जना चयन भएका छन् ।
माघ १४ गते बाट नेपाल धानुक समाजको दोस्रो केन्द्रीय महाधिवेशन जनकपुरमा सुरू भएको शनिबारको दिन कमिटी चयन गर्दै सप्पन्न भएको छ।
२८ सदस्य समितिमा चुनावबाट बारा को अधिवक्ता योगेन्द्र प्रसाद धानुक केन्द्रीय महासचिवमा महोतरीको जितन मण्डल लाइ पराजित गर्दै जित हासिल गरेका थिए ।
केन्द्रीय कमिटीमा अध्यक्ष , उपाध्यक्ष , महासचिव , सचिव र कोषाध्यक्षको पदमा चुनाव भएको थियो भने धानुक जानकारी गराएका थिए। सदस्यमा बाराको रामनारायण मण्डल , कमलेश मण्डल र अरूण कुमार मण्डल सर्वसहमत बाट चयन भएको अधिवक्ता धानुक जानकारी गराएकाछन। धानुक जातिको उत्थान र समाजिक सद्भावको लागि कार्य गर्न गठन भएको संस्था मा काम गर्न हरेक समय लाग्ने अधिवक्ता धानुक जानकारी गराए।
दिनप्रतिदिन समाजिक विकृति बढ्दै गइरहेकोछ त्यसलाइ रोक्न र सहि समाजिक संस्कृतीको संरक्षण गर्ने काम प्रयास गर्ने धानुक जानकारी गराए।
प्रतिक्रिया