Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

आँखा चिम्लेर एमसीसी पास गर्न सकिँदैन : अध्यक्ष नेपाल

बीरगन्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  एमसीसीको सन्दर्भमा सुधार गर्नुपर्ने धेरै कुरा ...

बीरगन्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  एमसीसीको सन्दर्भमा सुधार गर्नुपर्ने धेरै कुरा रहेकोले  आँखा चिम्लेर एमसीसी पास गर्न नसकिने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल पर्साद्वारा आज बीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनका नेता समेत रहनुभएका अध्यक्ष नेपालले एमसीसीको सन्दर्भमा अहिले पनि अध्ययन नपुगेको र सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताउनुभएको छ । 

नेता नेपालले एमसीसीको सन्दर्भमा ७ वटा विषयमा आफूहरूको असन्तुष्टि रहेको बताउनुभयो  । 
उहाँले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ की पर्दैन ?, एमसीसी अमेरिकाको सुरक्षा रणनीतिअन्तर्गत छ कि छैन?, एमसीसीमार्फत निर्माण गरिने ट्रान्समिसन, सडकको तलको भू-भागमा नेपालको सार्वभौम अधिकार हुन्छ की हुँदैन?, निर्माणको काममा लाग्दा चाहिने श्रम शक्ति नेपालीहरूले आफ्नो योग्यता क्षमता अनुसार हकको रुपमा प्रयोग गर्न पाउँछन् की पाउँदैन?, एमसीसीबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ की हुँदैन?, यसको लक्ष्य परिक्षण गर्ने अधिकार नेपालको अडीटर जेनरललाई हुन्छ की हुँदैन? र अन्तिममा एमसीसी पारित गर्दा कालान्तरमा अमेरिकामा बन्ने कानुनको प्रभाव नेपालमा पर्छ की पर्दैन? जस्ता ७ वटा विषयमा आफूहरू अहिले पनि प्रस्ट नरहेको बताउनुभयो । 

सात वटा प्रश्नहरूको उत्तर आएपछि छलफल गरेर यसबारेमा सोच्न सकिने उहाँले बताउनुभयो ।

 नेता नेपालले आगामी स्थानीय तहको निर्वाचनबाट नेकपा एस देशकै ठूलो पार्टीको रुपमा आउने दाबी गर्दै सङ्गठन विस्तार गर्ने समय नभएको कारण निर्वाचनसँगै सङ्गठन विस्तार हुँदै जाने र स्थानीय तहको पालिकाहरूमा नेकपा एस पहिलो पार्टी बनेर आउने बताउनुभयो ।

समाजवादी प्रेस सङ्गठन नेपाल पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बीरगन्जको दियालो लर्डस प्लाजामा सम्पन्न पत्रकार सम्मेलनमा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, पोलिटब्युरो सदस्य एवं बीरगन्ज महानगर इन्चार्ज चिरञ्जिवी आचार्य, सांसद सरला यादव, एकिकृत समाजवादी पार्टीका बीरगन्ज महानगर अध्यक्ष मनोज चौधरी लगायतको उपस्थिति रहेको थियो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content