Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

विवाहपछि महिलाको नाम र थर दुवै परिवर्तन : माइतीकै गाउँको नामले बोलाइन्छ

मलङ्गवा । सर्लाहीको मलङ्गवा नगरपालिका–१० का सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ । विवाहभन्दा अगाडि आफ्नो घर,...

मलङ्गवा । सर्लाहीको मलङ्गवा नगरपालिका–१० का सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ । विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले उहाँलाई सुस्मिता नामले नै बोलाउने गर्थे । विवाह गरेर ससुराली अर्थात् श्रीमान्को घर गएपछि सबैले उहाँलाई ‘मलङ्गवावाली’ भनेर बोलाउन थालियो । 

सुस्मिताका लागि मलङ्गवा शब्द नौलो थिएन । जब उहाँको नामको सट्टा ‘मलङ्गवावाली’ भन्न थालिएपछि आफूलाई अनौठो लागेको उहाँले बताउनुभयो । “सानैदेखि सबैले मलाई सुस्मिता भनेर बोलाउने गर्थे । शैक्षिक प्रमाणपत्रदेखि लिएर आवश्यक सबै कागजातमा आफ्नो नाममा सुस्मिता नै लेखिएको छ”, उहाँले भन्नुभयो, “विवाहपछि त मेरो बोलाउने नाम नै फेरिएको छ ।” 

मलङ्गवाको जिल्ला विकास चोकमा फलफूलको पसल सञ्चालन गर्दै आएकी निर्मलादेवी गुप्ताको विवाह भएको करिब ३० वर्ष पुगेको छ तर अहिलेसम्म उहाँको वास्तविक नामबाट कसैले चिन्दैन । ‘बरहथवावाली’ को नामबाट नै उहाँलाई सबैले चिनिने गरेको छ । “निर्मला भनेपछि मलाई यहाँ कसैले चिन्दैन”, उहाँले भन्नुभयो, “बरहथवावालीको नामबाट मलाई यहाँ सबैले चिनिने गरिन्छ ।” 

उहाँले वर्षौँदेखि मलाई सबैले बरहथवावाली भनेर नै बोलाउँछन् भन्दै अब मलाई आफ्नो नाम बिर्सेजस्तो लाग्ने गरेको बताउनुभयो । सरकारी वा कागजी प्रक्रियाको केही काम भयो भने मात्र त्यहाँ मेरो नाम निर्मलादेवी गुप्ता लेखिन्छ । अन्यथा यहाँको समाजले दिएको मेरो नाम ‘बरहथवावाली’ नै  हो । यसबाटै मेरो पहिचान भएको छ । “श्रीमान्ले समेत बरहथवावाली भनेर नै बोलाउने गरिन्छ”, उहाँले भन्नुभयो, “विवाहपछि हाम्रो पहिचान नै माइतीको गाउँबाट हुने गरिन्छ । अहिलेसम्म मेरो श्रीमान्ले पनि मलाई नाम लिएर बोलाएको छैन ।” 

सुस्मिता र निर्मला प्रतिनिधि पात्र मात्र हुन् । मधेसीमा समुदायमा विवाहपछि महिलालाई बोलाउने नाम नै उहाँको माइतीको गाउँ ठाउँको नाम हो र यसै नामले उहाँलाई सबैले चिनिन्छ । फलस्वरूप घरपरिवार र समाजका अधिकांश मानिसलाई विवाहित महिलाको वास्तविक नाम थाहा हुँदैन । विवाहित महिलालाई समाज र परिवारले उहाँको वास्तविक नामले भन्दा पनि माइतीको गाउँको नामले स्वीकार गर्ने प्रचलन यहाँ पुरानै हो । त्यसैले मधेसमा विवाहपछि महिलालाई माइती गाउँ वा श्रीमान् र छोराको नामले बोलाउने गरिएको ओरेक नेपाल सर्लाहीका संयोजक देवकुमारी महराले बताउनुभयो । 

मेरो कार्यालयको काम विशेषले मलाई बाहिरका व्यक्तिले मेरो वास्तविक नामले चिनिन्छ तर आफ्नै ससुराली घरको व्यक्ति र त्यहाँका समाजले मलाई ‘सीतापुरवाली’ भनेर नै चिनिने र बोलाउने गरेको उहाँको भनाइ छ । “आफूले दुःख कष्ट र मेहनत गरेर घर बनायौँ तर त्यो घर मेरो नामले होइन, मेरो श्रीमान्को नामले चिनिन्छ”, उहाँले भन्नुभयो, “समाजले महिलाको नामलाई मान्यता दिएको छैन ।” बाहिर मेरो कामको अधारमा नाम त छ तर महिला भएकै कारणले मेरो नामले ससुरालीमा पहिचान पाएको छैन, उहाँको भनाइ छ ।  

आफ्नो छोराको बिहे गरेपछि बुहारीलाई नामले बोलाउन थालेपछि समाजले अहिले आफूलाई परम्परा नै बिगारेको आरोप लगाउने गरेको उहाँले बताउनुभयो । नाम र थर बिना नै यहाँका महिला बाँच्नुपरेको शान्ति सेवा केन्द्र मलङ्गवाकी संयोजक एवं महिला अधिकारकर्मी बनिता कार्कीले बताउनुभयो । “महिलाको पहिचानमै यहाँ विभेद भएको छ । आफ्नो नाम नै गुमाउनुपरेको पीडा उनीहरूले व्यक्त गर्न सकिराखेको छैन”, उहाँले भन्नुभयो, “पहिचान गुमाएर बस्नुपर्दा यहाँका महिला पीडित छन् ।” 

पितृसत्तात्मक सोचका कारण यहाँका महिलाको नाम मात्र नभएर थर पनि फेरिने गरेको अधिकारकर्मी कार्कीले बताउनुभयो । विवाह अगाडि यहाँको महिलाका नाम अगाडि कुमारी जोडिन्छ भने विवाहपछि देवी जोडिन्छ भने श्रीमानको थरसँगै जोडिने गरेको छ । यो सबै महिला हिंसा र विभेदकै स्वरूप रहेको उहाँको भनाइ छ । महिलालाई आमाको गर्भमा भएदेखि नै यहाँ विभेद गरिँदै आएको उहाँले बताउनुभयो । गर्भमा छोरी छ भने कतिपयले भ्रूण हत्या नै गर्छ । कतिपयले त्यही अवस्थादेखि विभेद सुरु गर्ने गरेको अधिकारकर्मी कार्कीको भनाइ छ । गर्भमा छोरा छ भने आमालाई पोषिलो खाना खुवाउने गरिन्छ । छोरी भए थाहा पाएपछि त्यही बेलादेखि विभेद सुरु हुने गरेको छ । 

विवाह गरेर ससुराली गएपछि सबैले आफूलाई ‘गङ्गापुरवाली’ भनेर बोलाउन थाल्यो तर आफू राजनीतिमा लागेपछि आमाबुबाले राखेको नामले नै बाहिरका व्यक्तिले बोलाउन थालिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नेत्री लक्ष्मीसिंह दनुवारले बताउनुभयो । अहिले पनि आफ्नो ससुरालीमा सबैले ‘गङ्गापुरवाली’ भनेर नै बोलाउने गरिएको उहाँको भनाइ छ । समाजमा महिलालाई वास्तविक नामले बोलाउँदा पहिचान र आत्मसम्मान बढेको महसुस हुने गरेको नेत्री सिंहले बताउनुभयो । 

मुलुकी देवानी संहिता–२०७४ ले थरसम्बन्धी साह्रै राम्रो व्यवस्था गरेको छ । कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ । त्यस्तै विवाहित महिलाले आफ्नो विवाहपश्चात् बाबु वा आमाको थर अथवा पतिको थर पनि प्रयोग गर्न सक्छिन् भनी साह्रै राम्रो व्यवस्था बनाइएको छ । सेवा निवृत्त शिक्षक रजनीकान्त झाले परम्परागत रुपमा नै विवाहित महिलालाई उहाँको माइती गाउँको नामले बोलाउने गरेको बताउँदै त्यसले महिलालाई विभेद वा  अपमानित गरेको भनाइ गलत भएको धारणा व्यक्त गर्नुभयो । 

“विदेशमा पनि मिस्टर, मिसेज र थर जोडेर बोलाउने गरिएको उदाहरण छ”, उहाँले भन्नुभयो, “समयसँगै सामाजिक चेतनामा आएको परिवर्तनले विवाहित महिलाको अवस्था धेरै फेरिएको छ ।” तर पनि पुरुष आधिपत्यबाट अझै महिला स्वतन्त्र छन् भन्न सकिँदैन । जतासुकैबाट अङ्कुश लगाइएको मात्र होइन, विवाहपश्चात् समेत महिलाको नाम परिवर्तन वा लोग्नेको थरमा परिणत गराइन्छ, यसो भनौँ महिलालाई अस्तित्वविहीन बनाइन्छ, उहाँको भनाइ छ । रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content