बारा, ३ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले चोरीको मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको छ ।
पुस २५ गते जितपुरसिमरा उ.म.न.पा.–७ जितपुर बजार बस्ने मिश्री देवान मियाँको प्र.२–०३–०१४ प ४५८४ न.को पल्सर मोटरसाइकल चोरी भएको थियो ।
प्रहरीले खोजतलासको क्रममा फागुन २ गते राति जितपुरसिमरा उ.म.न.पा.–९ हाईस्कुल अगाडि भेटाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्ष एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।
प्रहरीले मोटरसाइकलसहित जितपुरसिमरा उ.म.न.पा.२० बस्ने वर्ष २४ सुनिल यादव, वर्ष १७ को निरज पासवान र वर्ष २४ को आकाश कुमार चौरसियालाई पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरुको साथबाट ना.२० प ८४८१ नम्बरको अर्को मोटरसाइकल बरामद गरी आवश्यक कारबाईको लागि इलाका प्रहरी कार्यालय, सिमरा पठाएको प्रवक्ता थापाले बताए ।
यसैगरी प्रहरीले आज बिहान जीतपुरसिमरा उ.म.न.पा.७ पहाडी टोलमा अवैध रुपमा सञ्चालित ३ वटा घरेलु मदिरा भट्टीमा तोडफोड गरी १५० लिटर कच्चा मदिरा नष्ट गरेको छ । प्रहरीले सो ठाउँबाट मदिरा उत्पादन गर्ने भाडाकुडा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्ष एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।
प्रतिक्रिया