वीरगंज, १९ माघ ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथलैया बारामा सर्वपक्षीय छलफलमा दुधेश्वरनाथ भाठा धामको मेलालाई निरन्तरता दिने र सभ्य तरिकाले मनाउने निर्णय भएको हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले जानकारी दिएका छन् ।
हिन्दु परिषद नेपालको सहयोगमा बाबा दुधेश्वरनाथ भाठा धाममा मेला लाग्ने भएको हो । छलफलमा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथ्लैया बाराका सहायक संरक्षक अधिकृत संतोष भगत, अरबिन्द यादव, नेपाली सेनाका सह सेनानी तिर्थ बहादर खत्री, भाठा मन्दिर समितिका अध्यक्ष अलखदेव प्रसाद थारू, मेला समितिका अध्यक्ष निरज सरार्पm, हिन्दु परिषद नेपालका कन्द्रिय अध्यक्ष सन्तोष पटेल,केन्द्रीय सदस्य एवम् अधिवक्ता बिनोद प्रसाद कुर्मी, कावरीया संघका गेनालाल पटेल, मेला संरक्षण समितिका सदस्य बिष्णु सरार्पm, रेन्जर बिष्णु कलौनी र बिष्णु पौडेल, नायब सुब्बा रमेश गुप्ता, पटेर्वासुगौली गाउँँपालिका वडा नं. ०४का वडा अध्यक्ष राजेश्वर महतो लगायतको सहभागीता रहेको थियो ।
मेलामा मास्र्क अनिवार्य लगाउने, सरसफाई गर्ने, एकै ठाउँमा धेरैको शंख्यामा भिड नगर्ने, चर्को स्वरमा ध्वनी प्रदुषण नगर्ने, जंगलका जनावरलाई उत्तेजीत पर्ने कार्य नगर्ने, शान्ति सुरक्षाको ख्याल राख्ने, अपराधीक एवम् गैर कानुनी क्रियाकलाप गर्ने व्यक्तिबाट सजग रहने लगायतको कार्यलाई प्रमुखताका साथ पालना गर्ने सहमती भएको छ ।
भाठाधाममा पुजाको लागि आउने सद्धालु भक्तजनलाई सहजरूपमा प्रवेश दिने व्यवस्थापन गर्ने पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथ्लैया बाराले जनाएको छ । ऋषि पंञ्चमीको दिन भाठा धाममा बिशेष पूजा पाठ हुने गरेको छ । यो क्षेत्र मध्य तराई र भारत बिहारका क्षेत्रमा निकै लोकप्रिय रहेको छ।
प्रतिक्रिया