" बिधालय कर्मचारीहरुको उमेर हद सम्बन्धमा सर्वोच्च अदालत द्वारा अन्तरिम आदेश जारी "
श्री गढीमाई संवाददाता
कलैया ,बारा । फागुन १० गते ।
विधालय कर्मचारीहरुको सेवा सुबिधाका सम्बन्धमा नेपाल विधालय कर्मचारी युनियनले विभिन्न सडक आन्दोलन र कानुनी लडाइँमा लागि रहेको बिगतमा भएको फैसलाको पूर्ण कार्यान्वयन नभई विधालय कर्मचारीलाई उमेर हद देखाइ अवकाश दिइरहेको सन्दर्भमा पुनः सर्वोच्च बाट अर्को अन्तरिम आदेश जारी भएको छ ।
सर्वोच्च अदालतले बिधालय कर्मचारीहरुलाइ उमेर हद के कुन ऎन वा नियमका अधारमा निर्धारण गरिएको हो र २०६४ सालको WO ०५०१ निबेदिका इश्वरी खडका समेत प्रत्यर्क्षी शिक्षा बिज्ञान तथा खेलकुद मन्त्रालयको समेत भएको रिट निबेदनका सन्दर्भमा सर्वोच्च अदालतबाट मिति २०६७-१०-२३ मा जारी भएको निर्देशनात्मक आदेश्को मर्म र भावना अनुकुल प्रत्यर्क्षीहरुबाट काम कार्वाही नभएकोले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचिवले मिति २०७८-०६-०८ गते गरेको निर्णय अनुसार जारी गरिएको चलानी न.७४ मिति २०७८-०६-१९ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको जानकारी नेपाल विधालय कर्मचारी युनियनका अध्यक्ष अधिवक्ता कमल प्रसाद खतिवडाले जानकारी दिनु भो ।
यसरी यस मुद्दाको अन्तिम किनारा नलागे सम्म र सर्वोच्च अदालतको फैसला बमोजिमको service law पुर्ण कार्यान्वयन न भए सम्म कार्यरत कर्मचारीहरुलाइ उमेर हद्को कारण देखाइ अवकाश दिन नहुने र अवकाश भएका कर्मचारीहरुलाइ पुन:बहालीका लागि आ-आफ्नो बिधालय/स्थानिय तहमा निबेदन दिनु हुन नेपाल बिधालय कर्मचारी युनियनका महासचिव मुकेश कुमार सिंहले बताउनु भयो ।
प्रतिक्रिया