Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

वीरगञ्ज, १७ माघ (रासस) ः मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखक...
वीरगञ्ज, १७ माघ (रासस) ः

मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।  

गुणस्तर तथा नापतौल विभागबाट हालसम्म उपसचिव नपठाएपछि आफैँले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको निमित्त प्रमुख नापतौल अधिकृत सुशीलकुमार यादवले  जानकारी दिनुभयो  । 

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा बागमती प्रदेशको मकवानपुर हेटौँडास्थित ट्याङ्कर क्लीब्रेसन एकाइ (पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर परीक्षण गर्ने)  कार्यालय रहेको छ ।  दुवै कार्यालयमा गरी हाल करिब १४ कर्मचारी कार्यरत छन् । 

सो कार्यालयबाट विभिन्न व्यापार तथा व्यवसायमा आवश्यक पर्ने नापतौल तथा नापतौल गर्ने यन्त्रको इजाजत प्रमाणपत्र जारी गर्ने  तथा नवीकरण गर्ने  काम हुने गर्दछ  । साविकको गुणस्तर तथा नापतौल विभागअन्तर्गतको  नारायणी अञ्चल कार्यालयमा रहेको उक्त कार्यालयको हाल मधेश प्रदेशको रौतहट, बारा र पर्सा यसैगरी बागमती प्रदेशको चितवन र मकवानपुर कार्य क्षेत्र रहँदै आएको छ । 
–––

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content