Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको कलैया उपमहानगरपालिका -१९ ईनवारीका १८ बर्षिय राधेश्याम पटेलको मृत्युपछि कलैया -बिरगंज सडक खण्ड दिनभर अवरुद्ध ,४ बुँदे सहमति भएपछि अाज राति नै मृतक पटेलको दाह संस्कार गरियो "

 अजय यादव वियोगी  कलैया, बारा "बाराको कलैया उपमहानगरपालिका -१९ ईनवारीका १८ बर्षिय राधेश्याम पटेलको मृत्युपछि कलैया -बिरगंज सडक खण्ड दिन...

 अजय यादव वियोगी 

कलैया, बारा


"बाराको कलैया उपमहानगरपालिका -१९ ईनवारीका १८ बर्षिय राधेश्याम पटेलको मृत्युपछि कलैया -बिरगंज सडक खण्ड दिनभर अवरुद्ध ,४ बुँदे सहमति भएपछि अाज राति नै मृतक पटेलको  दाह संस्कार गरियो "

बाराको कलैया उपमहानगर वडा नम्बर -१९ ईनवारीका स्थानीयबासी १८ बर्षिय राधेश्याम पटेलको मृत्यु भएपछि बाराको कलैया -बिरगंज सडक खण्ड दिनभर अवरुद्ध रहेको छ ।कार्तिक २४ गते छठको पावन अवसरमा दुईपछि  झगडा भएको थियो ।सोही झगडामा ४ जना घाइते भएका थिए ।कार्तिक महिनादेखि घाइते रहेका राधेश्याम पटेलको हिजो राति मृत्युभएपछि स्थानीयबासी अाक्रोशित भएका हुन ।स्थानीय गाउँ ईनवारी ,पच्यानपुर ,सिसहनिया ,गंगापुर ,कोईरिया टोलका स्थानीयबासीले कलैया बिरगंज सडक खण्ड दिनभर अवरुद्ध बनाई अान्दोलन गरेका हुन ।बिहान १०:०० बजेदेखि नै अाफू अान्दोलनमा अाएको भएको पनि साँझमा सहमति भएको स्थानीयबासी रमेश पटेलले बताउनुभयो ।मृतकलाई क्षतिपूर्ति दिलाउनको अान्दोलन गरिएको स्थानीयबासी सुयोग पटेल बताउनुभयो।अहिले यस्तो बारामा घटना घटेका थिएन तर घटनाले अाफू मर्माहत भएको स्थानीयबासी पटेलले बताउनुभयो ।छठकै दिन यो घटना भएको थियो ,यतिका दिन सम्म  राधेश्याम पटेलको उपचार भईरहेको थियो ,तर अचानक मृत्युको खबर पाएलगत्तै अाफूहरुलाई धेरै चोट पुगेको पच्यानपुरका स्थानीय महिला लालसा देवीले बताईन ।दुई भाइ मध्ये राधेश्याम कान्छो रहेको र उसको बिहे समेत नभएको स्थानीय महिला लालसा देवीले बताईन।मृतक पटेलको अार्थिक अवस्था दैनिय रहेका कारण सरकारले नै सबै कुरा व्यवहर्नु पर्ने अावश्यकता रहेको अर्का स्थानीय महिला सुगान्धी देवीले बताईन ।मृतक राधेश्याम पटेलको मृत्युले कलैया अासपासको गाउँमा नै सनाटा छाएको छ ,त्यो घटनामा घाइते भएका र हातका अौला समेत कटेका स्थानीयबासी  बोलबम केशरीले बताउनुभयो ।मैले पञ्चायती भईरहेको ठाउँमा जाँदा अचानक झडप हुँदा अाफ्नो हातकै अौला समेत कटेको स्थानीयबासी केशरीले बताउनुभयो ।कलैया -बिरगंज सडक खण्ड दिनभर अवरोध भएपछि साँझ जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्ष्ातामा सर्वदलीय बैठक सम्पन्न भएको छ ।सर्वदलीय बैठकले ४ बुँदे सहमति भएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बताउनुभयो ।मृतक राधेश्याम पटेलको परिवारलाई नेपाल सरकारबाट राहत ,मृतक परिवारका १ जनालाई रोजगारी दिने ,धार्मिक सहिद घोषणा र अारोपितहरुलाई प्रकाउ गरिने सहमति भएको सहायक प्रजिअ सेढाईले बताउनुभयो ।सर्वदलीय बैठकमा जिल्लाका सुरक्षा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।सहमति भएपछि अस्पतालबाट लास बुझि अाज नै हिन्दु परम्पराअनुसार दाह संस्कार गरिएको स्थानीयबासी रमेश पटेलले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content