श्री गढीमाई संवाददाता
बरियारपुर ,बारा
"गढीमाई स्टेडियममा १० किलोमिटर (म्याराथुन)दौड प्रतियोगिताको उद्दघाटन समारोह सम्पन्न"
महागढीमाई फाउन्डेसन नेपाल र लायन्स क्लब अफ महागढीमाईको संयुक्त अायोजना र महागढीमाई नगरपालिकाको अार्थिक सहयोगमा सञ्चालित १० किलोमिटर( म्याराथुन ) दौड प्रतियोगिताको उद्घघाटन समारोह सम्पन्न भएको छ ।महागढीमाई फाउन्डेसनका संरक्षक एवम् यूवा समाजसेवी सुनिल प्रसाद कुशवाहाको अध्यक्ष्ातामा भएको उद्घघाटन समारोहको प्रमुख अतिथि महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव रहनु भएको थिए ।विशिष्ट अतिथिहरुमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल , लायन्स क्लबका सचिव ज्ञानप्रकाश रौनियार ,महागढीमाई फाउन्डेसनका संरक्षक राकेश प्रसाद कुशवाहा ,सिस्वा माविका प्रधानाध्यापक राधाकृष्ण प्रसाद यादव ,नेकपा माअोवादीका नेता रामबाबु प्रसाद यादव ,लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् गढीमाई मन्दिर सञ्चालन समितिका अध्यक्ष रामचन्द्र प्रसाद साह ,जनता समाजवादी पार्टीका नेता नरेश जयसवाल ,समाजसेवी भैयाराम प्रसाद यादव लगायतका रहनु भएको थियो ।अतिथिहरुमा महागढीमाई नगरपालिका वडा नम्बर -१ वडाध्यक्ष सुदामा साह कानु ,वडा नम्बर -२ का वडाध्यक्ष बिरेन्द्र प्रसाद चौरसिया ,वडा नम्बर -७ का वडाध्यक्ष रामजन्म प्रसाद यादव लगायतको रहनुभएको थियो ।शारीरिक तन्दुरुस्ती मजबुत (म्याराथुन )दौड प्रतियोगिताले सहयोग हुने प्रमुख अतिथि एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बताउनुभयो।नगरपालिकाले सबै क्षेत्रमा ध्यान दिएको चर्चा गर्दै यस्ता कार्यले यूवाहरुको मनोबल मजबुत हुने प्रमुख अतिथि यादवले बताउनुभयो ।म्याराथुनमा सहभागी भएका मध्ये केटा तर्फ प्रथम पुरस्कार सत्रुधन पटेल ,दोस्रो पुरस्कार राजिव प्रसाद यादव र तेस्रो पुरस्कार तृतीय पुरस्कार लालबाबु साह गोढले प्राप्त गर्न सफल भएका छन् ।केटी तर्फ प्रथम पुरस्कार प्रिति पटेल ,दोस्रो पुरस्कार कुसुम खातुन र तेस्रो पुरस्कार विना कुमारी यादवले हात पारेकि छिन ।प्रथम पुरस्कार रेन्जर साइकल ,दोस्रो पुरस्कार फोनिक्स साईकल ,तेस्रो पुरस्कार रोयल साईकल रहेको थियो ।बाँकी सहभागी मध्ये ७ जनालाई सान्त्वना पुरस्कार समेत दिईएको महागढीमाई फाउन्डेसनका अध्यक्ष कृष्णकुमार गुप्ताले बताउनुभयो।कार्यक्रम एकदमै भव्य र सभ्य ढंगले भएका थिए ।महागढीमाई नगरपालिकामा अब जनचेतना जगाउन भन्दा काम गर्ने दिन अाएको महागढीमाई फाउन्डेसनका संरक्षक एवम् यूवा समाजसेवी सुनिल प्रसाद कुशवाहाले बताउनुभयो ।हामीले बरियारपुर अनेकन काम गरे तर (म्याराथुन) दौड प्रतियोगिताले समाजमा छुट्टै पहिचान बनाईदिएको यूवा समाजसेवी कुशवाहाले बताउनुभयो।अागामी दिनमा पनि संस्थाले यस्तै काम गर्दै जाने अायोजक कमिटीले जानकारी दिएका छन् ।यस कार्यको चारैतिर सराहनीय चर्चा हुँदै गएको छ ।
प्रतिक्रिया