श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

वीरगंजमा क्वारेनटाइन/आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय

955 SHARE:

वीरगंज । कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साले वीरगंज तथा जिल्लास्थित अस्पतालमा अक्सिजनको अभाव हुन नदिन तथा प्रत्येक पालिकामा तयारी अवस्थामा संक्रमित बिरामी बोक्ने एम्बुलेन्स राख्न निर्देशन दिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साको आज आकस्मिक रूपमा सम्पन्न सर्वपक्षीय तथा सर्वदलीय बैठकमा नेपाल सरकारद्वारा सञ्चालित खोप अभियानलाई सबै स्थानीय तहहरूले प्रचारप्रसार गरी सफल पार्ने, सबै सरकारी, गैर सरकारी सङघ संस्थाले यसमा सहयोग पु¥याउने, जिल्लास्थित सबै स्थानीय तहले कोभिड हेल्थ डेस्क स्थापना गरी कोभिड–१९ को परिक्षण गर्ने, आवश्यकता अनुसार क्वारेनटाइन/आइसोलेसन सेन्टरहरू स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । 
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा सम्पन्न बैठकले अस्पतालहरूमा अक्सिजनको अभाव हुन नदिन तथा अक्सिजनको प्रभावकारी वितरण गर्नको लागि समयमै ग्याँस प्लान्टहरूको मर्मत सम्भार, सिलिण्डर सङ्कलन, उत्पादन र वितरणलाई व्यवस्थित गर्न जिल्लास्थित सबै अक्सिजन प्लान्ट उद्योगहरूलाई निर्देशन दिएको केन्द्रका प्रवक्ता एवं पर्साका सहायक जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले वीरगंजको ईनर्वा नाकामा स्थापित हेल्थ डेस्कलाई थप सुविधा सम्पन्न र व्यवस्थित बनाउने, चेकजाँच प्रक्रियालाई कडाइ गर्ने, वीरगंज उद्योग वाणिज्य सङघ, महानगरपालिका, स्वास्थ्य कार्यालयसँग समन्वय गरी पर्याप्त मात्रामा स्वास्थ्यकर्मी परिचालन गर्ने र सुरक्षा निकायहरूले आवश्यक सुरक्षा व्यवस्था मिलाई सीमा नाकामा चेक जाँच कार्यलाई कडाइ गर्ने निर्णय गरेको पौडेलले बताउनुभयो ।
त्यसैगरी, बैठकले ईनर्वा नाका बाहेक पर्सा जिल्लाको अन्य नाकामा समेत स्थापित हेल्थ डेस्कलाई सम्बन्धीत स्थानीय तहले सशस्त्र प्रहरी बलसँग समन्वय गरी तत्काल सञ्चालन गर्ने निर्णय गरेको छ ।
नो मास्क नो सर्भिस डेलिभरी अभियान अन्तरगत "मास्क बिना सेवा प्रवाह बन्द" अभियानलाई जिल्ला स्थिति सबै सरकारी, गैर सरकारी, बैंक तथा वित्तीय सङघ संस्थाले प्रभावकारी रूपमा आजैबाट लागु गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।
साथै बैठकले एक हप्तासम्म मास्क लगाउँन सचेतनामूलक सूचना प्रवाह गरी सबैमा अनुरोध गर्ने र सो पछि अवज्ञा गरेमा जरिवाना गर्नेरगराउने निर्णय समेत गरेको छ । 
कोभिड–१९ को तेस्रो लहरबाट बच्नरबचाउन सबै स्थानीय तहले कोरोना लक्षित योजना बनाई आवश्यक पर्ने पिपिई सेट, मास्क, सेनिटाईजर खरिद गर्नुका साथै सोको पूर्व तयारी तथा प्रतिकार्य वारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्सालाई जानकारी दिने निर्णय समेत गरिएको छ । 
तत्काल वीरगंजमा छुट्टै कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय समेत बैठकले निर्णय गरेको छ । 
पर्सा जिल्ला भरिको लागि कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा समन्वय र सहजीकरण गर्न सेन्ट्रल हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

COMMENTS

 


thedesigners7
Name

news,1049,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: वीरगंजमा क्वारेनटाइन/आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय
वीरगंजमा क्वारेनटाइन/आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय
http://3.bp.blogspot.com/-bdztsGIjrzI/YdxKBvweKCI/AAAAAAAAAa4/1GKMdt9HPaYZttj64uXaAYJnx0HhhIeGACK4BGAYYCw/s320/covid%2Bdeath-796064-728350-734763-737082-721400.jpg
http://3.bp.blogspot.com/-bdztsGIjrzI/YdxKBvweKCI/AAAAAAAAAa4/1GKMdt9HPaYZttj64uXaAYJnx0HhhIeGACK4BGAYYCw/s72-c/covid%2Bdeath-796064-728350-734763-737082-721400.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_70.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_70.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy