Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

समृद्धि र विकासका लागि गुणस्तरीय स्वास्थ्य र शिक्षा आवश्यक : जसपा अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताउन...

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताउनुभएको छ ।  

अध्यक्ष यादवले निजी क्षेत्रको लगानीमा निर्माण भएको एक सय बेडको सेन्ट्रल अस्पतालको धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकामा आज उद्घाटन गर्दै यस क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारका लागि यस अस्पतालको योगदान रहने विश्वास व्यक्त गर्नु भयो । 

उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकोले तीनै तहका सरकारले सहकारी र निजी क्षेत्र सँग सहकार्य गरी अगाडी बढ्नु पर्ने आवश्यकतामा जोड दिनु भयो । 

पूर्व स्वास्थ्यमन्त्री समेत रहनु भएका जसपाका अध्यक्ष यादवले उपचारको अभावमा कसैको मृत्यु हुन नपरोस् भन्ने उद्देश्यका साथ आफूले नयाँ स्वास्थ्य नीति ल्याएको चर्चा गर्दै सोही नीति अनुसार प्रत्येक पालिकामा अस्पतालहरू निमार्ण हुन लागेकोमा खुशी व्यक्त गर्नु भयो । 

उहाँले विगतमा आफूले सोही स्वास्थ्य नीति अनुरूप नेपालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको बताउँदै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार सँग आग्रह गर्नु भयो । 

उहाँले अझै पनि मधेश प्रदेशमा गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य उपचारको अभाव रहेको बताउँदै समयमा निजी क्षेत्रबाट गरिएको यस प्रकारका कामको प्रशंसा गर्नु भयो । 

अध्यक्ष यादवले विगतमा पनि मिथिला क्षेत्र शिक्षा र स्वास्थ्यको हब रहेको चर्चा गर्दै फेरी पनि शिक्षा र स्वास्थ्यको हबको रुपमा मिथिला क्षेत्रको विकास गरिनु पर्ने आवश्यकतामा जोड दिनु भयो । 

उहाँले समतामूलक समाजको निमार्णका लागि देशमा रहेको गरिबी बेरोजगारी अन्त्य हुनु पर्ने र त्यसको लागि आर्थिक विकास र समृद्धिको लागि दलहरूले मिलेर काम गर्नु पर्ने आवश्यकतामा जोड दिनु भयो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content