अजय यादव वियोगी
कलैया ,बारा ।
"जनमत पार्टी बाराले पुस २४ गते महेन्द्र राजमार्ग घेराउ गर्ने "
जनमत पार्टी बाराले पुस २४ गते बाराको पथलैयामा पर्ने महेन्द्र राजमार्ग घेराउ गर्ने कार्यक्रम भएको जी न्युज नेटवर्कको सभाकक्षमा पत्रकार सम्मेलन गर्दे बताएका छन् ।जनमत पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष विनोदकुमार यादवले अहिले किसानको अान्दोलन तुहाउनेहरु सक्रिय भएका छन् ,तर पनि जनमत पार्टी बाराले केन्द्रीय कार्यक्रम अनुसार नै राजमार्ग कार्यक्रम भएको कार्यवाहक अध्यक्ष यादवले बताउनुभयो ।किसानको जायज माँग सम्बोधन नहुनजेल सम्म अान्दोलन भईरहने तर त्यसको स्वरूप केन्द्रीय कार्य समितिले दिए बमोजिम हुने पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष यादवले बताउनु भयो ।राजमार्ग घेराउ प्रत्येक पालिकामा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने र सोही दिननै सत्ता पक्षका पनि दललाई किसान अान्दोलनमा सहभागी हुन अाग्रह समेत गरिने कार्यवाहक अध्यक्ष विनोदकुमार यादवले बताउनुभयो ।अहिलेसम्म कुनै पार्टीले किसानको लागि केही नगरेको जनमत पार्टीका केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख सुरेश प्रसाद साहले बताउनुभयो ।किसानको ११ सुत्रिय माँग यदि राज्यले सम्बोधन गर्न सकेन भने जनमत पार्टीले अाफ्नो अान्दोलन जारी राख्ने प्रचारप्रसार विभाग प्रमुख साहले बताउनुभयो ।जनमत पार्टीले किसानको अान्दोलनमा सबैलाई सहभागी हुन अाव्हान समेत गरिसके तर सत्ताको लिप्तमा रहेकाहरुले जायज माँग सुन्न नसकेको प्रचारप्रसार विभाग प्रमुख साहले बताउनुभयो ।सिरहामा जुन किसानमाथि दमन भयो ,राज्यले किसान दबाउन खोजेका कारण जनमत पार्टीले किसानको त्यो जायज माँगलाई उठान गरेको प्रचारप्रसार प्रमुख सुरेश प्रसाद साहले बताउनुभयो ।पत्रकार सम्मेलनमा जनमत पार्टीका केन्द्रीय सदस्य रामबाबु साह ,दलित जनमत संघका जिल्ला अध्यक्ष दिपक पासवान ,जिल्ला कोषाध्यक्ष शम्भु प्रसाद लगायत जनमत पार्टीका जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।अागामी दिनमा पार्टीको अन्य कार्यक्रमबारे पनि जानकारी गराउदै जाने पत्रकार सम्मेलनमा जनमत पार्टीका नेता दिपक पासवानले बताउनुभयो ।
प्रतिक्रिया