Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

महानगर प्रमुख सरावगीद्वारा छात्रावास भवनको उदघाटन

वीरगंज, २१ पुस । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अपांगता भएकाहरूको लागि निर्माण गरिएको छात्रावासको उदघाटन गर्नुभएको छ ।...

वीरगंज, २१ पुस । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अपांगता भएकाहरूको लागि निर्माण गरिएको छात्रावासको उदघाटन गर्नुभएको छ । वीरगंज माहानगरपालिका वडा नम्बर १३ राधेमाईमा अपांगताहरूको लागि संचालित विद्यालयमा नगरस्तरीय बजेटबाट निर्माण सम्पन्न भएको छात्रावास भवनको आज नगरप्रमुख बिजय कुमार सरावगीले उदघाटन गर्नु भएको हो । छात्रावास भवनको उदघाटन गर्दै नगर प्रमुख सरावगीले फरक क्षमता भएका बालबालिकाहरूको लागि स्थानीय सरकारले जस्तोसुकै समस्यामा पनि सधैं साथ रहने बताउनुभयो । उहाँले शारिरिक रूपमा फरक क्षमता भएपनि उनीहरूमा पनि उत्तिकै मानसिक क्षमता हुने भएकोले त्यस्ता फरक क्षमता भएका व्यक्तिहरूलाई समाजले पनि हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । अहिले बहिराहरूको लागि मात्रै संचालनमा रहेको विद्यालयलाई पूर्ण अपांगमैत्री वातावरणमा शिक्षण सिकाई प्रदान गरेर अन्य अपांगता भएका व्यक्तिहरूको लागि पनि विद्यालयमा व्यावस्था गरिने बताउनुभयो । त्यसको लागि महानगरपालिकाले आगामी वर्षमा छुट्टै बजेटको पनि व्यावस्था गर्ने आश्वासन दिनुभयो । वीरगंज महानगरपालिकाको १५ लाख रूपैंया बजेटमा निर्माण शुरू भएको दुर्ईवटा स्नान कक्ष, दुर्ईवटा भान्सा घर सहितको छात्रावास भवनमा अहिले थप निर्माण कार्यहरू पनि भईरहेको र झण्डै २५ लाख रूपैंया लागत लाग्ने अनुमान गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अजय साहले बताउनुभयो । पाँच जना कान नसुन्ने विद्यार्थीहरूबाट पठन पाठन गरिएको विद्यालयमा अहिले ५० जना भन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । छात्रावास निर्माणपछि विद्यालयमा विद्यार्थीहरूको संख्या बढ्ने अनुमान गरिएको साहले बताउनुभयो । अहिले विद्यालयमा बस्ने खाने व्यावस्था नहुँदा कतिपय विद्यार्थीहरू आउन नसकेका र छात्रावास भवन निर्माण भएपछि टाढा टाढाका विद्यार्थीहरू पनि आउने भएकोले विद्यार्थीको संख्या बढ्ने उहाँको दावी छ ।
 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content