इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ।
अवे मैदानमा भएको खेलमा युभेन्टसले रोमालाई ४–३ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रोमाका लागि ११ औँ मिनेटमा ट्यामी अब्राहम, ४८ औँ मिनेटमा एमखितार्यान र ५३ औँ मिनेटमा पिलिग्रिनीले गोल गरे ।
युभेन्टसका लागि १८ औँ मिनेटमा पाउलो डिबालाले गोल गरे । त्यसपछि ७० देखि ७७ औँ मिनेटको बिचमा युभेन्टसले तीन गोल गरेको हो ।
७० औँ मिनेटमा लोकातेली, ७२ औँ मिनेटमा कुलुसेभ्स्की र ७७ औँ मिनेटमा डी स्किग्लिगोले गोल गरेका हुन् । ८१ औँ मिनेटमा डी लिग्ट दोहोरो पहेँलो बार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि पाँचौँ स्थानमा रहेको युभेन्टसको २१ खेलबाट ३८ अंक भएको छ । २१ खेलबाट ३२ अंकसहित रोमा सातौँ स्थानमा छ ।
प्रतिक्रिया