Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

तराईमा जाडो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

पुस १९, २०७८ .  एक सातादेखि पश्चिमी हावासँगै चलेको शीतलहरले रौतहट, बारा लगायत मध्यतराईमा जाडो बढेको छ । शनिबार र आइतबार दिनभरी घाम नलागेका क...


पुस १९, २०७८ . 
एक सातादेखि पश्चिमी हावासँगै चलेको शीतलहरले रौतहट, बारा लगायत मध्यतराईमा जाडो बढेको छ । शनिबार र आइतबार दिनभरी घाम नलागेका कारण कठ्याङ्ग्रिँदो जाडो सहन कठिन भएको बूढापाकाको गुनासो छ ।

जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । जाडोको बेला गौरस्थित बीपी चोक, गरुडा, चन्द्रपुर, कटहरियाको चोकहरुमा विगतका वर्षहरुमा स्थानीय प्रहरी प्रशासनले दाउरा बाल्ने गरेका थिए ।

खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा बढी प्रभावित भएको चिकित्सकहरु बताउँछन् । उनीहरुमा चिसोका कारण हुने बिमारी देखिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले लगातार जाडो बढ्दै गएकाले अब छिटै जिल्लाको सबै स्थानीय तहको चोकचोकमा दाउरा बाल्ने व्यवस्था गर्न लागेको बताए ।

जाडो बढेसँगै बारा, पर्सा, रौतहट लगायतका जिल्लामा न्यानो कपडाको कारोबार बढेको छ । जाडो छल्न न्यानो कपडा खरिद गर्ने सर्वसाधारणको भिड बढेको छ । गौर, कटहरिया, कलैया बजारका प्रायः सबै कपडा पसल ग्राहकले भरिभराउ हुने गरेका छन् । छठ पर्वपछि सेलाएको कपडा व्यवसाय जाडोकै कारण चलायमान बनेको व्यापारीहरू बताउँछन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content