Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

रक्सौल बजार गर्न गएका २४ जनालाई कोरोना संक्रमण

वीरगंज २६ पुस ।   रक्सौलमा बजार गर्न गएका २४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरू मध्ये अधिकांश वीरगंजका बासिन्दा रहेको वीरगंज महानगरपा...

वीरगंज २६ पुस ।  
रक्सौलमा बजार गर्न गएका २४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरू मध्ये अधिकांश वीरगंजका बासिन्दा रहेको वीरगंज महानगरपालिकाद्वारा इनर्वामा स्थापित हेल्थ डेस्ककी इन्चार्ज डा.अनिषा महतोले बताउनुभयो ।
वीरगंज रक्सौल नाका हुँदै आवतजावत गर्नेहरूको विगत ५ दिनयता गरिएको परीक्षणमा ७० जनाभन्दा बढीलाई कोरोना संक्रमण भेटिएको डा. महतोले बताउनुभयो ।
यसअघि, भारतको दिल्ली, कोलकतालगायत विभिन्न स्थानबाट रेलमार्ग हुँदै नेपाल भित्रिएका भारतीय तथा नेपालीहरूमा संक्रमण देखिएकोमा आइतवारदेखि समुदाय स्तरमै कोरोना फैलिएको पुष्टि भएको डा.महतोले बताउनुभयो । 
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्ड समेत संक्रमित भएपछि अहिले स्थानीय प्रशासनमा मास्क नलगाई आउने सेवाग्राहीलाई कार्यालय भित्र प्रवेश निषेध गरिएको छ । 
वीरगंज नाका भएर दैनिक दुर्ई हजारभन्दा बढी आवतजावत गर्ने भए पनि हाल सरदरमा पाँच सय जनाको मात्रै एन्टिजेन परिक्षण हुँदै आएको इनर्वा हेल्थ डेस्क इन्चार्ज डा. अनिशा महतोले बताउनुभयो ।
दैनिक दुर्ई हजारको हाराहारीमा ओहोरदोहोर गर्ने नाकामा एउटा मात्रै हेल्थ डेस्क र त्यहाँ १२ जना मात्रै कर्मचारी अपर्याप्त भएको बताउँदै डा.महतोले आवतजावत गर्ने सबैलाई परीक्षणको दायरमा ल्याउन थप जनशक्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । 
वीरगंज नाकामा गरिएको परीक्षणको क्रममा १४ वर्षदेखि ५० वर्ष उमेर समूह व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ भने अधिकांश सङ्क्रमितहरूमा लक्षण नदेखिएको र सामान्य रूघाखोकी मात्रै रहेको देखिएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content