Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेपाली वस्तुको निर्यातमा वृद्धि

वीरगञ्ज, १४ माघ/ देशकै प्रमुख व्यापारिक नाकाका रूपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा...
वीरगञ्ज, १४ माघ/
देशकै प्रमुख व्यापारिक नाकाका रूपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्पm हुने नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।
आव २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा रू १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो । त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हँुदै रू ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात रू ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा १८५.७६ प्रतिशत बढी हो ।
वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्पm निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्पm हुने नेपाली वस्तुकोे निर्यात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको  बताउनुभयो ।
गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ४४ प्रतिशत बढी राजस्व सङ्कलन भएको  छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा रू ७३ अर्ब ५५ करोड ४४ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा ३२ अर्ब ३५ करोड ३९ लाख बढी अर्थात रू एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख राजस्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content