श्री गढीमाई संवाददाता
कलैया ,बारा ।
"जितपुर सिमरा उ.म.न.पा.-२ बाट लागूऔषध सहित गाडी र चालक नियन्त्रणमा "
बाराको जितपुर सिमरा उपमहानगरपालिका -२ को १ नम्बर पुल स्थित पूर्व -पश्चिम लोकमार्गमा २: ४० बजेको समयमा बिरगंज देखि पोखरातर्फ जाँदै गरेको ग १ ख ९९४७ नम्बरको यात्रुबाहक बस चालकले लागू पदार्थ सेवन गरि बस चलाउने स्थितिमा नरहेको जिल्ला प्रहरी कार्यालय बारालाई जानकारी भएपछि कार्यालयबाट खटि गएको प्रहरीको टोलीले उक्त बस चालक जिल्ला कास्की मिजुँरे डाँडा -२ बस्ने अन्दाजी बर्ष ३३ काटेकबहादुर गुरुङलाई चेकजाँच गर्दा लागूऔषध फेला परेको हो ।बस चालक गुरुङको साथबाट DIAZEPAM-6 MPUL,PHENARGAN -7 MPUL र NOOPHIN-7 MPUL गरि २० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।लागूऔषध सहित पक्राउ परेका चालक टेकबहादुर गुरुङ र गाडीलाई नियन्त्रण लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।अहिले गाडीमा लागूऔषधको कारोबार गर्नेहरुको संख्यामा बढोत्तरी भएकाले प्रहरीले निगरानी बनाउनु जरुरीको स्थानीयबासीहरुले माँग गरेका छन्
प्रतिक्रिया