Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

राप्रपा अध्यक्ष लिङ्देनको आह्वान– विजय जुलुस ननिकाल्नू, माला लिएर नआउनू

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी...

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन् । उनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाइदिन आह्वानसमेत गरे ।

विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन । माला लगाइदिनुपर्दैन ।’

‘आज गुट अन्त्य भयो’

लिङ्देनले विगतमा जे भए पनि आजबाट राप्रपामा गुट अन्त्य हुने दाबी गरे । ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं ।’

‘आजबाट कुनै गुट छैन । कोही कसैको मान्छे छैन,’ उनले अगाडि भने, ‘यो विजयको, नेतृत्व परिवर्तनको अनेक आयाम र उपलब्धि छन् । सबैभन्दा ठूलो उपलब्धि भनेको हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं । आजबाट हामी राप्रपाको मान्छे भएर जाने छौं ।’

राप्रपालाई पहिलो पार्टी बनाउने काममा लाग्नुपर्ने बताउँदै उनले बोलेका कुरालाई व्यवहारमा देखाउने बताए । ‘अब परिणाममा देखाउनुपर्छ । मेरो काँधमा पनि कुराले होइन, परिणामले देखाउने जिम्मेवारी आएको छ,’ उनले भने ।

उनले पुराना पुस्ताका नेताहरुको साथ र सहयोगबाटै अघि बढ्न चाहेको बताए । राजेन्द्र लिङ्देन पनि अरु नेताहरु जस्तै रहेछ भन्ने मौका नदिने उनले बताए । ‘थुक्क, यो राजेन्द्र लिङ्देन पनि उस्तै रहेछ भन्ने मौका दिन्नँ, तपाईंहरुको शीर झुक्ने काम गर्दिनँ,’ उनले भने ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content