Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई अोभर टेक गर्दै काम गर्न थालिन् लेखा अधिकृत दिब्या सरार्फ ,लेखा अधिकृत सरार्फले गर्न थालिन मनमानी "

श्री गढीमाई संवाददाता  कलैया ,बारा । "कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई अोभर टेक गर्दै काम गर्न थालिन् लेखा अध...

श्री गढीमाई संवाददाता 
कलैया ,बारा ।
"कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई अोभर टेक गर्दै काम गर्न थालिन् लेखा अधिकृत दिब्या सरार्फ ,लेखा अधिकृत सरार्फले गर्न थालिन मनमानी "
अहिले देशमा नयाँ संविधान अाई सकेको अवस्था छ ,तर व्यवस्था त्यहीँ पुरानो रहेको छ ।खर्बौ लगाएर लेखिएको त्यो संविधान मान्ने खाली निमुखा जनता मात्र हुन ।हुने खानेले संविधान के हो ,कानुन के हो ,पद के हो उनीहरूलाई थाहा छैन ,थाहा होस पनि कसरी निजामती कर्मचारी भएर करोडौं रकमको हिनामिना पो गर्नुछ ।कलैया उपमहानगरपालिकामा ६ करोड भन्दा बढी बेरुजु रहेको छ तर अहिले त्यसको खोजीनिति नै हुदैन ।यस्तै गैर जिम्मेवारपुर्ण ढंगले अहिले कलैया उपमहानगरपालिकाको कार्यालय सञ्चालनमा रहेका छन्  ।भाग्य भनैौ या दुर्भाग्य अहिले कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाराको प्रसौनी गाउँपालिकाका हुन ।लेखा अधिकृत छिमेकी जिल्ला पर्साको तर दुवै जनाबिच मनमुटाव सुरु भएको तथ्य बाहिर अाएको छ ।कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह र लेखा अधिकृत दिब्या सरार्फको तालमेल नै नभएको उपमहानगरपालिकाका स्रोतले जानकारी दिएका छन् ।जनप्रतिनिधिहरुको समय घ्रकिदै जाँदा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत बिच कलैया उपमहानगरपालिकाबिच जुहारी सुरु भएको छ ।को भन्द ,को कम भने अावाज समेत उठन थालेको छ ।दुवै जनाको तालमेल नहुँदा अाम सेवाग्राही झन् मारमा परेका छन् ।कलैया उपमहानगरपालिकाका लेखा अधिकृत दिब्या सरार्फले प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई अोभर टेक गर्दे अगाडि बढदै गएको कति उदाहरण बाहिर अाएको छ ।एकदिनको कामलाई महिनौंसम्म लग्ने गरेको लेखा अधिकृत सरार्फ अहिले अार्थिक प्रलोभनमा परि जनताको सेवा दिन्नबाट बंञचित गरेको कलैयाका स्थानीयबासीले जानकारी दिएका छन्। कलैया उपमहानगरपालिकाले समयमा कुनै काम गर्न सकेका छैनन।कारण एउटै मात्र भएको कलैयाका स्थानीयबासीले गुनासो गरेका छन् ।लेखा अधिकृत दिब्या सरार्फ नयाँ रहेकिले वहाँलाई अार्थिक कारोबार झमेला हुन थालेपछि मनोमानी काम गर्न थालेकि छिन।रोक्ने कोही नभएको कलैया -४ का सिताराम प्रसाद साहले बताउनुभयो। महिला लेखा अधिकृत अाफै शान कुरा हो तर वहाँ महिला भएपनि परिपक्व नभएका कारण कलैया उपमहानगरपालिकाको अार्थिक अनेकन पटक झमेला अाएको स्थानीयबासी साहले बताउनुभयो ।कुनै पनि सेवाग्राहीसँग लेखा अधिकृत दिब्या सरार्फले राम्रो  व्यवहार गर्न सकेकि छैन ।२७ वडाका जनता लेखा अधिकृत सरार्फबाट पिडित भएका छन् ।बिना पोशाक र कार्ड बिना कार्यालयमा काम गरिरहेकि लेखा अधिकृत दिव्या सरार्फसँग श्री गढीमाई राष्ट्रिय दैनिकका प्रतिनिधि प्रश्न राख्दा अाफ्नो मर्जी भएको बताईन।पत्रकारले जे गरे फरक नपर्नेअाफै सधैं यस्तै पोशाक अाउने गरेको प्रतिक्रिया दिईन।सेवाग्राहीलाई सास्ती मात्र लेखा शाखा हुने गरेको बिषयमा उनले भनिन् यस्तै हो यहाँ १ दिनको काममा महिनौं लगाउँछौ ,तपाईले भनेर हुन्छ ,मैले जानेको बुझेको छु ,यसरी जनतासँग  एक लेखा अधिकृत गर्न मिल्छ भने प्रश्नमा उनले भनिन् यहाँ जे पनि गर्न मिल्छ ।भरखरै कि लेखा अधिकृतमा  जोश धेरै भएको तर अनुभव थोरै भएका कारण सधैं विवाद हुने गरेको कर्मचारीले बताए ।नाम न छाप्ने शर्तमा उनले भने यो लेखा अधिकृत सरार्फले देखाएको  व्यवहार अहिले केही छैन ,वहाँले प्रमुख प्रशासकीय अधिकृत र मेयरले लगाएको तोकको कागज फ्याकने गरेकि छिन।प्रमुख प्रशासकीय अधिकृत नाथु साह पनि चाहेर केही गर्न नसकेको उनको भनाइ रहेको थियो ।अार्थिक शाखामा काम गरिरहेका  सुनिल प्रसाद यादवले भने अार्थिकको काम म बिना अरुले गर्न सक्दैन ।बिना कार्ड र पोशाक नलगाएका यादवले भने यहाँ कसैले त्यसको वास्ता गर्दैन ,हामी कसरी चलेका छौ,तपाईलाई के थाहा ,हामी यहाँबाट केही सेवा दिदैनौ ,जे मन भए पत्रकारले गरे हुन्छ ।पत्रकारबाट हुने के हो ,हामी जनताको सेवा भन्दा अाफ्नै सेवामा लागेको छु कसलाई के मतलब यसरी गैर जिम्मेवार ढंगले  प्रस्तुत भएको बताईएको छ । सार्वजनिक खरिद एेन ,२०६३ ,सार्वजनिक खरिद नियमावली ,२०६४ अार्थिक कार्यविधि एेन ,२०५५ ,अार्थिक कार्य विधि नियमावली ,२०६४ र स्थानीय तहको नियमावली र अन्य कार्यविधि मिचेर नै कलैया उपमहानगरपालिकाकि लेखा अधिकृत दिब्या सरार्फले काम गर्न थालेकि हुन ।अार्थिक कार्यविधि ऐन २०५५ परिच्छेद ४ को कारोबार लेखा अन्तर्गत ११ मा जिम्मेवार व्यक्ति जवाफदेही हुने :- जिम्मेवार व्यक्तिले प्रत्येक कारोबार स्पष्ट देखिने गरि प्रचलित कानुनले तोके बमोजिमको रीत पुर्याई लेखा तयार  गरि गराई राख्नुपर्ने व्यवस्था भएपनि लेखा अधिकृत सरार्फले त्यस्तो नगर्ने गरेको देखिएको छ ।कलैया उपमहानगरपालिकामा कुनै कानुनी काम नहुने गरेको रहस्य बाहिर अाएको छ ।कमिसन मिल्ने काम छिटो हुने गरेको शितलपुरका महिला जसोधिया देवी महतोले बताईन ।लेखामा अहिले यति झमेला कहिले नहुने गरेको स्थानीय महिला महतोले  बताईन । कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नाथु साहले भने अब झगडा गर्ने कुरा भएनन् ,जनताको काम गर्न अाफू कटिबद्ध रहेको भएपनि लेखा अधिकृत दिब्या सरार्फका कारण अाम सेवाग्राहीले केही दु: ख पाएको स्वीकार गरेका छन् ।तालमेल नभएको होईन तर अलि नमिले जस्तो भएको प्रमुख प्रशासकीय अधिकृत साहले बताउनुभयो।जनप्रतिनिधिहरुलाई समेत लेखा अधिकृत सरार्फले टेर्न छाडेकि एक जनप्रतिनिधिले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।यस्ता गैर जिम्मेवार कर्मचारीले अाम सेवाग्राही सास्ती खेप्न बाध्य भएको प्रति कलैयाबासी यस्ता लेखाअधिकृतबाट अाकुल पाकुल भएका हुन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content