श्री गढीमाई संवाददाता
कलैया ,बारा ।
"निजगढ नगरपालिका -४ मा अागलागी हुँदा ,लाखौंको सामान जलेर नष्ट " बारा जिल्लाको निजगढ नगरपालिका -४ खिला टोलमा अागलागी हुँदा लाखौंको सामान जलेर नष्ट भएको छ ।बिहान ३:४५ बजेको समयमा सोही ठाउँ बस्ने जीवन माझीको घरको मिटर बक्समा अचानक करेन्ट सट भए अागलागी हुँदा निजको फुसको छानो भएको एकतले घर पुर्णरुपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।घर जल्नुको साथै २ थान मोबाइल ,कपडा ,अन्नपात ,नगद रु(१०,०००/) दस हजार र अन्य मालसामान गरि दुई लाख पचास हजार (२,५०,०००/-) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।साथै उक्त घर नजिककै रहेको सुकराम घिसिङको घरमा पनि अागलागी हुँदा अन्नपात , लत्ताकपडा गरि दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो।निजगढ प्रहरी र सशस्त्र बेस क्याम्पका निजगढका सशस्त्र प्रहरी ,स्थानीयबासी र निजगढको दमकलको सहयोगमा अागलागी नियन्त्रणमा अाएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।

प्रतिक्रिया