Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"पोखरीयाबाट गाँजा सहित पिकप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा "

  श्री गढीमाई संवाददाता बीरगंज । पर्साको पोखरीया नगरपालिकामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पले भारी मात्रामा प्रतिबन्धित लागू औषध गाँजा बरा...

 

श्री गढीमाई संवाददाता
बीरगंज । पर्साको पोखरीया नगरपालिकामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पले भारी मात्रामा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प पोखरीयाका सशस्त्र प्रहरी निरिक्षक बिरेन्द्र सेनको कमाण्डमा खटेका सशस्त्र प्रहरीको गस्ती टोलीले पोखरिया नगरपालिका वडा नं ३ बसन्ततपुरबाट पिकपमा लोड रहेको १५० किलो ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो ।

मकवानपुर जिल्लाबाट बा ५ च ६५५३ नम्बरको पिकप गाडी पर्साको मुडली तर्फ आईरहेको अवस्थामा विशेष सुराकीको आधारमा वीरगन्ज मुडली सडकखण्ड अन्तरर्गत बसन्तपुरमा उक्त गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा १५० किलोग्राम लागू औषध गाँजा बरामद भएको सशस्त्र प्रहरी निरिक्षक सेनले बताए ।

पिकप गाडीमा सेटिंग गरी लागू औषध गाँजा लुकाई छिपाई गरी लगिरहेको अवस्थामा उक्त गाँजा बरामद गर्न सफल भएको उनले बताए । मुडली तर्फ पिकप गाडी आईरहेको थियो, सशस्त्र प्रहरी निरिक्षक सेनले भने, हामी विच बाटोमा चेकजाँचका लागि तैनाथ थियो, हाम्रो गस्ती टोली देख्नासाथ पिकपका चालक गाडी छोडी फरार भएका थिए ।

गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त परिणामको गाँजा फेला परहेको हो । बरामद गरिएको गाँजा र पिकप गाडीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रदेश नं २ का सशस्त्र प्रहरी प्रमुख गणेश ठारामगरले जनाएका छन।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content