सम्पादकीय ।
"गीता देवी विश्वकर्माको दिल "
दुनियाँमा जन्मेपछि मर्नु स्वाभाविक हो ।यो सत्य र तितो यहीँ नै हो ।तर कसले के गर्यो त्यसको लेखाजोखा समेत हुने गर्दछ ।जवान कोही रहदैन ,सबैलाई एक दिन न एकदिन बुढा हुनु नै छ ।तैपनि जवानीमा गरेको कामले बुढापामा बाँच्नको निम्ति संतुष्टी प्रदान गर्दछ ।धेरै अपवादहरु सुन्नु पर्ला ? कसले के -के भन्नाले कसैको मतलब नराखी मानवताका जिउँदो उदाहरण भएकि छिन, बाराको बारागढी गाउँपालिका वडा नम्बर -२ विशुनपुरवा कि गीता देवी विश्वकर्मा ।उनका दिलको कति फराकिलो हो ,जसले अबोध २०/२५ दिने बालिकालाई सहारा दिईन ।यस्ता धेरै कम छन् ,तर कमि छैन ।मानवताका धनी विश्वकर्मा बारामा मात्र नभई देशभरि नै चर्चामा रहेकि छिन् ।एकहप्ता पछि बालिकाले अभिभावक पाईन त्यो पनि गीता देवी विश्वकर्मा जस्ता जसले अाफ्नो पूरा जीवन सम्मान पाउने काम गरिन ।अधिकाँश मानिसले पद र पैसाको निम्ति काम गरिरहेका हुन्छन् ।तर समाजमा यस्ता पनि व्यक्ति छन् जसले सम्मान पाउनको निम्ति काम गरिरहेका हुन्छन् ।यसैको उदाहरण हो गीता देवी विश्वकर्मा जसले एउटा छोरीको ज्यान बचाउन मात्र खोजेको होईन ,मानवता नै बचाउन खोजेिक हुन ।यस्ता साहसी ,अाटिलो र मनका धनी कमै समाजमा पाइन्छ ।यस्ता काम गर्नेको मनोबल उच्च बनाउन सबै लाग्नुपर्ने अावश्यकता रहेको छ।बाराबासीले गर्व गर्ने दिन अाएको छ कि कम्ती यस धर्तीमा जन्मेकलाई सहारा दिने पनि छन् ।परालमा छोपिएको बालिकाले मृत्युवर्ण गरेनन् किनकि उसलाई यो दुनियाँमा बाँच्ने अधिकार थियो ।जसले जन्म दिए उसले नै दुश्मन भए ,सडकमा फ्याँके तर अरुले साथ दिई रहेका छन् ।यस्ता गीता देवी विश्वकर्मा जस्ता हाम्रा देशमा धेरै जन्म लिनुपर्छ ।विश्व प्रसिद्ध भगवती श्री गढीमाईको कृपा ती बालिका प्रति सधैं बनी रहुन ।यहीँ कामना ,गीता देवी विश्वकर्माजीलाई धेरै -धेरै बधाई तथा शुभकामना ।
जय राष्ट्र ,जय गढीमाई ,जय जनता ।
प्रतिक्रिया