सन्दीप प्रसाद यादव
कलैया ,बारा ।
"रिलायन्स सुगर एण्ड केमिकल ईन्डष्ट्रिज प्रा.लि.ले पुस १५ गतेे देखि क्रसिङ्ग सुरु गर्ने "
बाराको कलैया उपमहानगरपालिकाको उत्तर झिटकैयामा नजिकै मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईन्डष्ट्रिज प्रा.लि.ले पुसको दोस्रो हप्ता अर्थात १५ गतेदेखि उखु क्रसिङ गर्ने भएको छ। विगतको साल भन्दा केही ढिलो सुरु हुने भएपनि निरन्तर नै मिल चल्ने भएपछि कुनै समस्या नहुने उखु महाशाखा प्रबन्धक नन्दलाल प्रसाद कुशवाहाले बताउनुभयो ।पुस १२ गते देखि चलान वितरण तथा १५ गते देखि नियमित चिनी मिल सञ्चालनमा अाउने उखु महाशाखा प्रबन्धक कुशवाहाले बताउनुभयो ।रिलायन्स सुगर चिनी मिलले ६ हजार बिगाहामा उखु खेती गराएको तथा त्यसमा २ हजार २ सय बिगाहाका लागि रिलायन्स सुगर चिनी मिलले बीउ वितरणको साथै रासायनिक मल समेत वितरण गरिएको उखु महाशाखा प्रबन्धक कुशवाहाले बताउनुभयो। पुराना खुट्टीलाई बढी प्राथमिकता दिईएको र नयाँ खुट्टीलाई समेत चरणबद्द तरिकाले उखु मिलमा चलान हुने उखु महाशाखा प्रबन्धक कुशवाहाले बताउनुभयो १० कट्ठा देखि १ बिगाहा १० कठ्ठा सम्मका २ चोटि चलान मिल्ने उखु महाशाखा प्रबन्धक कुशवाहाले बताउनुभयो ।सबै सेन्टरमा जेटिए प्रचालित गरिएको मिल प्रशासनले जानकारी दिएका छन् ।यसपालि १८ लाख उखुको क्रसिङ गर्ने रिलान्स सुगर चिनी मिलले लिएको उखु महाशाखा प्रबन्धक कुशवाहाले बताउनुभयो ।चिनी मिलको सबै कामका लागि मेशिन देखि लिएर अन्य व्यवस्थामा मिल लागि परेको रिलान्यस सुगर चिनी मिलका प्रशासन शाखा प्रमुख महेन्द्र प्रसाद साहले बताउनुभयो। चलान वितरणमा कुनै किसिमको भेदभाव नभई समुचित ढंगले चलान गरिने प्रशासन शाखा प्रमुख साहले बताउनुभयो ।बारा र पर्साको अधिकाँश किसान उखु चलान हुने प्रखाईमा रहेका छन्।उखुँ चलान नहुनञ्जेल सम्म अाफूलाई केही हुने हो डर भई राखेको उखु किसान सर्फुल्लाह मियाँले बताउनुभयो।चैत सम्म सबै उखु क्रसिङ हुनेमा अाफूहरु विश्वस्त भएको
रिलायन्स चिनी मिल प्रशासनले जानकारी दिएका छन् ।
रिलायन्स चिनी मिल प्रशासनले जानकारी दिएका छन् ।
प्रतिक्रिया