३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।
‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने जानकारी गराउँदछु,’ मुख्यमन्त्री शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अहिले स्थानीय प्रशासनले क्षतिको विवरण संकलन सुरु गरिरहेको छ । सोमबार राति गमगढी बजारमा आगलागी हुँदा १८ घर र तीनवटा घुम्ती पसल जलेका छन् ।
प्रतिक्रिया