अजय यादव वियोगी
कलैया, बारा
बाराको करैयामाई गाउँपालिका वडा नम्बर -८ नरहीमा एकल महिला तथा ज्येष्ठ नागरिकलाई सम्मान तथा छठ व्रतालु महिलालाई साडी वितरण कार्यक्रम सम्पन्न भएको छ ।करैयामाई गाउँपालिका वडा नम्बर -८ का वडाध्यक्ष सुरेन्द्र प्रसाद साहको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर -२ का अर्थ मामिला तथा योजना मन्त्री उषाकुमारी यादव रहनु भएको थिईन ।सो अवसरमा जनता समाजवादी पार्टीका करैयामाई गाउँपालिका कमिटी अध्यक्ष शम्भु प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।सयौं भन्दा बढी महिलालाई साडी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।अास्थाको पर्व छठलाई मध्य नजर गर्दे वडाले सराहनीय काम गर्दे गएको प्रमुख अतिथि प्रदेश नम्बर -२ का अर्थ मामिला तथा योजना राज्य मन्त्री उषाकुमारी यादवले बताइन् ।छठको महिमा अाफै अपरम्पार छ,यसको नियम धेरै कडा छ त्यसैले सबैले हर्षोल्लासले यो छठ पर्व मनाउने गरेको अर्थ मामिला तथा योजना राज्य मन्त्री यादवले बताईन ।करैयामाई गाउँपालिकाले यसअघि एकल महिला तथा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको तथा अहिले उनीहरुलाई लक्षित गरेर सम्मान कार्यक्रम राखिएको वडा नम्बर -८ का वडाध्यक्ष सुरेन्द्र प्रसाद साहले बताउनुभयो ।समाजको सेवा जुनसुकै क्षेत्रमा बसेर गर्न सकिने वडाध्यक्ष साहको भनाइ रहेको छ ।करैयामाई गाउँपालिकामा वडा नम्बर -८ले विभिन्न सामाजिक काम गर्दे चर्चामा रहदै अाएका छन् ।कार्यक्रममा समाजसेवी ,बुद्धिजीवी ,नागरिक समाजका प्रतिनिधि ,नेता, कार्यकर्ता,पत्रकार तथा अाम सर्वसाधारण जनताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया