Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

घाम पर्यटन, अन्तुको आतिथ्य

हिउँदको घाम त्यसै पनि न्यानो । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठयांग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भो । हिउँदका बेला तराईमा...

हिउँदको घाम त्यसै पनि न्यानो । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठयांग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । तर, यही हिउँदमा इलाम अन्तुडाँडाको घाम चाहिं हजारौं आगन्तुकका लागि न्यानो हुन्छ । र, अन्तुले यो बेला घाम बेचेरै व्यवसाय चलाउँछ ।

बिहान उज्यालो हुनुअघि नै अन्तुडाँडामा तँछाडमछाड गरी घाम हेर्नेको लर्काे लागिसकेको हुन्छ । शनिबार वा बिदाको दिन त अझ थामिनसक्नुको भीड । बिहान पनि सबैरै नपुगे भ्यूटावर अघि नै भरिइसक्छ । घाम झुल्किने बेलासम्म भ्यूटावर मात्र होइन, वरिपरि समेत खुट्टो हाल्ने ठाउँ पाइँदैन । घाम झुल्किनुअघि, झुल्किंदा र त्यसपछिका दृश्यमा क्यामेराको एपरेचर, सर्टर स्पिड, आईएसओ र डेप्थ अफ् फिल्ड मिलाउनेको ताँतीले बताउँछ-अन्तु लर्तरो छैन, यहाँबाट देखिने दृश्य अन्यत्र सुलभ छैन ।

प्रायः बिदाको अघिल्लो रात अन्तुमा बास बस्नुपर्‍यो भने दुई दिनअघि नै होमस्टे/होटल बुक गराउनुपर्छ । नत्र कोठा पाइँदैन । ग्रामीण पर्यटनको सिको गरिरहेको अन्तु यतिबेला पनि खचाखच पर्यटकले भरिभराउ छ । दिनहुँ सयौं आगन्तुक अन्तु आइरहेका छन् । यहाँका होमस्टे र होटललाई पाहुना धान्न भ्याईनभ्याई छ । स्थानीय होमस्टे व्यवसायी रुद्र घिमिरे भन्छन्, ‘वर्षेनि होटल र होमस्टे थपिएका थपियै छन् तर पनि मुख्य सिजनमा पर्यटक अटाउन हम्मे पर्छ ।’

अन्तुमा देशकै विभिन्न जिल्ला र भारत पश्चिम बंगालका पर्यटकको ओइरो लाग्छ । उनीहरू यहाँ आउँछन्, दुई-चार रात बिताउँछन् र जान्छन् । तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको भीड लाग्छ ।
अन्तुडाँडाबाट सूर्याेदय, सूर्यास्त, उत्तरतर्फका हिमाल र तराईका फाँट हेर्न पर्यटक आउँछन् । त्यति मात्र होइन, यहाँको सुन्दर चियाबारी, चियाबारी बीचमा सजाइएको पोखरी चित्ताकर्षक छ । वरिपरि पाहुनाको स्वागतका लागि बनाइएका कटेज र होमस्टेको सौन्दर्य पनि उस्तै ।

आहा ! अन्तु, झट्ट हेर्दा पनि कसलाई नपुगौं लाग्ला र !

अन्तुपोखरीमा डुंगा सयर, लोपोन्मुख लाप्चा जातिको सांस्कृतिक संग्रहालय, कृषिले सुधारिएको जीवनशैली अन्तुका थप आकर्षण हुन् । होमस्टेमा पाइने स्थानीय स्वाद र स्थानीय कला-संस्कृतिको प्रस्तुतिले अन्तुतिर पर्यटक लोभ्याउँछन् । यहाँ आएका पर्यटक प्रायः होमस्टेमै बस्न रुचाउँछन् । यसरी बसेका पाहुनाले इच्छाअनुसार ढिंडो, कोदो, फापरको रोटी, अर्गानिक अर्थाेडक्स चिया, लोकल कुखुराको मासु, लोकल चामलको भात, गुन्द्रुक, भुटेको मकै, तोङ्बा र स्थानीय उत्पादनको रक्सी समेत खान पाउँछन् ।

विशेषगरी असोज र चैत शुरु हुनेबित्तिकै अन्तुडाँडामा पर्यटकीय सिजन शुरु हुन्छ । बाह्रै महीना चिसो मौसम रहने अन्तु कोणधारी धूपी, सल्ला, झुम्का-झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिंगारिएको छ । अन्तुडाँडाबाट झापा, कन्याम, भारतको दार्जीलिङ, मिरिक, सिलिगुडी लगायतका बजार वरिपरि देखिन्छन् । तराईका गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु अझ आरामदायी छ ।

मेची राजमार्गको फिक्कलबाट करीब १४ किलोमिटर पक्की सडक भएरै अन्तु पुगिन्छ । आˆनै सवारी नभए फिक्कलदेखि अन्तुसम्म जाने सार्वजनिक सवारी साधन पाइन्छन् । छिपिटारबाट अन्तुसम्म पुर्‍याउने सवारी साधन पनि त्यहीं पाइन्छन् ।

सूर्याेदय नगरपालिकाले यहाँका पूर्वाधारमा लगानी गर्दैछ । धर्तीमा बिहानको उज्यालो छरिन नपाउँदै घामको आकर्षक झुल्कोमा लोभिने पाहुना अब साँझमा चाहिं हरियो चियाबारी बीचको अन्तुपोखरीतिर पल्किंदैछन् । पोखरी वरिपरि सोलार बत्ती, पक्की सडक, ठाउँ-ठाउँमा आकर्षक सिंढी । अब राति समेत पोखरी वरपर घुम्न निकै सजिलो भएको छ । चियाबारीले घेरिएको अन्तुपोखरी आफैंमा सुन्दर देखिए पनि गोधूलि साँझमा चारैतर्फका रंगीन बत्तीले अझ आकर्षक भएको छ ।

यहाँका ७६ होमस्टे र ३३ भन्दा बढी होटल/कटेजमा प्रायः पाहुना टुटेका छैनन् । अन्तुडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन् । लकडाउन शुरु हुने बेला मात्रै पनि यो क्षेत्रमा २० होमस्टेे र दर्जनभन्दा बढी नयाँ होटल थपिएका थिए ।

‘एउटै होमस्टेमा पर्यटकीय सिजनमा महीनामै ६० देखि साढे ३ हजार जनासम्म पर्यटक आउने गरेका छन्’ व्यवसायी घिमिरे भन्छन्, ‘होमस्टे व्यवसायीले महीनामा ६० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउँछन् ।’

कोभिड-१९ ले करीब ७ महीना बन्द भएका होटल-होमस्टे अब ‘फुल फेज’मा चल्न थालेको व्यवसायीले बताएका छन् । ‘बाँचुञ्जेलमा एकपटक अन्तु नआए जीवन नै अपूर्ण हुनेरहेछ’ चितवनबाट आएका ४८ वर्षे रविन गुरुङले ठट्टा गर्दै भने, ‘घाम बेचेरै पनि यहाँ गरिखाइने रहेछ ।’



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content