Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आह्वान

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शे जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् । आज व...

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शे जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई पहिलो सर्त बनाएका छन् । तर जबरा राजीनामा नदिने अडानमा छन् । उनले सोमबार जारी गरेको विज्ञप्तिमा पनि राजीनामाको प्रसंग उल्लेख छैन ।

प्रधानन्यायाधीश जबराले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिने बताएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘विधिको पक्षमा दृढतापूर्वक उभिंदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु ।’

कानुन व्यवसायीको जारी आन्दोलनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्रको आधारलाई पनि कमजोर बनाउने उनले उल्लेख गरेका छन् । त्यसैले विद्यमान गतिरोध तत्काल अन्त्य गर्न र न्याय निरुपणको वातावरण सिर्जना गर्ने एकमात्र विकल्प संवाद भएको उनको जोड छ ।

जबराको विज्ञप्तिमा लेखिएको छ, ‘विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरुपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्ने कुनै दुईमत रहनुपर्ने विषय होइन । यसको एकमात्र उपाय संवाद मात्रै रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराइबाट हार्दिक आह्वान गर्दछु ।’

आफूविरुद्ध एकोहोरो प्रहार भएको गुनासो

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूविरुद्ध एकहोरो प्रहार भएको गुनासो गरेका छन् । नेपाल बार एशोसिएसनको आन्दोलनलाई उनले ‘इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरुको’ संज्ञा दिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित सम्पूर्ण निकायहरु एकतावद्ध हुनुपर्ने भन्दै उनले यस्तो बेला आफूविरुद्ध एकहोरो प्रहार हुनु चिन्ताजनक विषय भएको बताएका छन् ।

‘…संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अंग र यसका प्रमुखमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो’ जबराले विज्ञप्तिमा लेखेका छन् ।

आफूविरुद्ध एकहोरो प्रहार गर्दा सबैलाई क्षति पुग्छ भन्ने ख्याल गर्न प्रधानन्यायाधीश जबराले आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘हामी सबैको आशा र भरोसाको केन्द्रको रुपमा रहेको न्यायपालिकामाथि यसप्रकारले एकहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।’

आफ्नो राजीनामा मागेर आन्दोलन सुरु भएपछि न्यायाधीशहरुसंगको भेटमा, टेलिभिजन अन्तर्वार्ता र अन्य अनौपचारिक भेटघाटमा समेत प्रधानन्यायाधीश जबराले आफू संविधानको व्यवस्था अनुसार मात्र पद छाड्ने बताउँदै आएका छन् ।

उनले विज्ञप्तिमा पनि यही विषयलाई घुमाउरो भाषामा उल्लेख गरेका छन् । ‘न्यायपालिकाले सधैंभरि विधिको बाटो मात्र हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ । विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरु कहिँ कतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकतावद्ध भइ आवश्यक आत्मावलोकन सहित सामना गर्दै आएको छ’ उनले भनेका छन् ।

 यस्तो छ प्रधानन्यायाधीश जबराको विज्ञप्ति

 

 



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content