३ मंसिर, काठमाडौं । शुक्रबार साँझ काठमाडौंको रानीपोखरी र धरहरालाई झिलिमिली पारिएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा कोभिड-१९ महामारीपश्चात बालबालिकाका लागि समृद्ध जीवनको परिकल्पनामा ऐक्यबद्ध हुन आह्वान गर्दै रानीपोखरी र धरहरालाई प्रज्वलित पारिएको युनिसेफले जनाएको छ ।
संयुक्त राष्ट्र संघको महासभाबाट संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धीपारित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यो दिवस बालबालिकाका निम्ति राष्ट्र संघका सदस्य राष्ट्रहरू, नागरिक समाज, समुदायले र बालबालिका र युवाहरू आफैंले काम गर्नुपर्ने स्मरण गराउने विश्व दिवस पनि हो ।
युनिसेफले सरकार र सबै सरोकारवालाहरूलाई बालबालिका र युवाहरूको जीवन र भविष्यमा प्रभाव पार्ने निर्णय लिँदा उनीहरूको विचारको पनि सम्मान गर्न आव्हान गरेको छ ।
तस्वीरहरु : चन्द्र आले र आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया