Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सभापतिमा शेखरलाई साथ दिने शशांकको संकेत !

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापतिका आकांक्षीमध्ये दाजु शेखरलाई साथ दिने संकेत गरेका छन् । यसले का...

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापतिका आकांक्षीमध्ये दाजु शेखरलाई साथ दिने संकेत गरेका छन् । यसले कांग्रेस, त्यसमा पनि संस्थापन इतर समूह निकै तरंगित भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा उम्मेदवारको आकांक्षी छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापति उठ्ने दाबी गरेका छन् ।

संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षी छन् । सिटौलाले आफू तेस्रो धार भएको बताउँदै आएका छन् भने चार जना पौडेल समूहमा छन् । साझा उम्मेदवार तय गर्ने बताएको पौडेल समूहका नेताहरुबीच पछिल्लो समय सम्वाद नै हुन छाडेको छ ।

त्यही बेला सभापतिका आकांक्षीमध्ये एक महामन्त्री डा. कोइरालाले डा. शेखरलाई समर्थन गर्ने संकेत गरेका छन् । बुधबार उनको एउटा भिडियो सार्वजनिक भएको छ, जुन सोमबार सर्लाहीमा पार्टी कार्यकर्तासँग भएको भेटको हो ।

महामन्त्री कोइरालाले सभापतिमा दाइ शेखरलाई समर्थन गर्ने संकेत दिएको भिडियो सार्वजनिक हुनु र दुई कोइरालाको पत्रकार सम्मेलन टर्नु संयोगले बुधबार नै भएको छ । यसले सिंगो कांग्रेस र त्यसमा पनि पौडेल समूहमा ठूलो तरंग ल्याएको छ ।

रौतहटबाट फर्किने क्रममा सर्लाहीमा कार्यकर्तालाई भेटेका डा. कोइरालाले संस्थापन इतर समूहबाट सभापतिको आकांक्षी रहेका नेताहरुबारे टिप्पणी गर्दै भनेका थिए,

रामचन्द्रजी एक पटक लडिसक्नुभयो । सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ । उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ । किनभने सिटौलाजीसँग धेरै मान्छेको आशा छ । उहाँलाई तानेर एउटै मात्र उम्मेदवार बनायौं भने शेरबहादुर देउवा हार्नुहुन्छ ।

अर्को प्रकाशमान । भन्दाखेरि मलाई नराम्रो लाग्छ, तर सत्य हो । उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । बाहिर निस्केपछि प्रकाशमान सिंहलाई चिन्दैनन् मान्छेहरुले । हुन त उहाँ महामन्त्री हुनुभयो, त्यो अलग पाटो हो । तर उहाँमा जुन आत्मीयता छ साथीहरुसँग, त्यो म देख्दिनँ ।

चौथो हो, शेखर दाइ । शेखर दाइ पनि लागिराख्नुभएको छ, भिडिरहनुभएको छ । मैले भनिहालेँ, हामी मिलेर जानुपर्छ भन्ने तपाईंहरुको भावना हो, त्यसलाई म कदर गर्छु र, सम्मान गर्छु । शेखर दाइसँग कुरा हुन सकेको छैन । म जानेवित्तिकै उहाँसँग कुरा राख्छु । उहाँलाई सभापति हुन मन छ भने अरुलाई पनि कन्भिन्स गर्न सक्नुपर्‍यो, मलाई त गरिहाल्नुहुन्छ । (कार्यकर्तासँगै उनी पनि हाँस्दै) मैले भनेको म बाधक हुदिँन । बरु सबै मिलाउने काममा लाग्छु ।

टर्‍यो पत्रकार सम्मेलन

सोमबार काठमाडौं आएका महामन्त्री कोइरालाले त्यही दिन पूर्वमहामन्त्री कृष्ण सिटौलालाई भेटेका छन् । भोलिपल्ट संस्थापन इतर समूहका युवा नेताहरुलाई भेटे, जो सभापतिका आकांक्षीहरुलाई सम्वादमा बस्न दबाव दिँदै आएका थिए ।

एक नेताका अनुसार त्यो भेटमा महामन्त्री कोइरालाले सर्लाहीमा जस्तो शेखरलाई समर्थन गर्ने संकेत त गरेनन्, तर सबै नेताहरुसँग सम्वाद गर्ने आश्वासन दिए । कृष्ण सिटौलासँग कुराकानी भइरहेको बताएका उनले रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतलाई पनि भेटेर छलफल गर्ने बताएका थिए ।

मंगलबार साँझ नै महामन्त्री कोइराला दाजु शेखर कहाँ पुगे । शेखर निकट स्रोतका अनुसार त्यो भेटमा महामन्त्री कोइरालाले सभापतिमा शेखरलाई समर्थन गर्ने वचन दिए । ‘उहाँ (शशांक) ले भोलि नै पत्रकार सम्मेलन गरौं, हाम्रो तर्फबाट (सभापतिको उम्मेदवार) तपाईं नै हो भनौं भन्ने उहाँकै प्रस्ताव हो,’ स्रोतले भन्यो, ‘शेखर कोइरालाले मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रको चुनाव सकिन्छ, ४ गते गरौं भन्नुभयो ।’ त्यसपछि कोइराला दाजुभाइ छुट्टिए ।

रातभरमा डा. शेखरको मुड बदलियो । तत्काल पत्रकार सम्मेलन गरेर कोइराला परिवारको तर्फबाट आफू सभापतिको उम्मेदवार घोषणा गर्नुपर्ने निश्कर्षमा पुगे । विहानै डा. शशांक कहाँ पुगे र १० बजे पत्रकार सम्मेलन गर्ने प्रस्ताव राखे ।

‘उहाँहरुबीच सहमति भएपछि पत्रकारहरुलाई खबर गर्नु भनेर फर्किनुभयो,’ शेखर निकट स्रोतको दाबी छ, ‘तर एकाएक चलखेल गरेर त्यसलाई भाँड्ने काम भयो ।’ शशांक निकटवर्तीहरुले सहमति भाँडेको उनीहरुको आरोप छ । प्रधानमन्त्रीले बोलाउनुभएको छ भन्दै निवासबाट निस्किएका महामन्त्री कोइराला एकाएक संखुवासभा पुग्नुले पनि त्यसलाई बल दिएको उनीहरु बताउँछन् ।

शशांक निकटवर्तीहरु भने डा. शेखरले छापामार शैलीमा पत्रकार सम्मेलन गरेर भाइको समर्थन लिन खोजेपछि महामन्त्री आफैंले छलेको दाबी गर्छन् ।

शशांक आफैंले छले वा अरुले छलाए ? जे भएपछि पछिल्लो तीन दिनको घटनाक्रमले के देखाउँछ भने शशांक कुनै हालतमा सभापतिमा उम्मेदवारी दिने अडानमा छैनन् । नेताहरुबीच सहमति जुट्दा सभापतिको आकांक्षा छाड्न तयार छन् र त्यसरी छाड्दा परिवारको सदस्य भएकाले पनि शेखर उनको पहिलो रोजाइ हुनसक्छ ।

पौडेल समूहमा तरंग

महामन्त्री कोइरालाले सभापतिमा दाइ शेखरलाई समर्थन गर्ने संकेत दिएको भिडियो सार्वजनिक हुनु र दुई कोइरालाको पत्रकार सम्मेलन टर्नु संयोगले बुधबार नै भएको छ । यसले सिंगो कांग्रेस र त्यसमा पनि पौडेल समूहमा ठूलो तरंग ल्याएको छ ।

पौडेलसहितका नेताहरुले ‘डा. शशांकले के बोलेका हुन् ?’ भन्दै सोधीखोजी गरेका छन् । संखुवासभामा पुगेका महामन्त्री कोइरालासँग फोन सम्वाद गरेका एक नेताका अनुसार उनले पर्सि मात्र काठमाडौं फर्किने बताएका छन् । ‘तपाईँले केही नयाँ निर्णय लिएको हो भनेर सोध्दा छैन भन्नुभएको छ,’ एक नेता भन्छन्, ‘उहाँ फर्किएपछि के भएको हो भन्ने थप प्रष्ट होला ।’

सभापतिका आकांक्षी पूर्वमहामन्त्री सिंहले भने महामन्त्री कोइरालालाई जवाफ नै फर्काएका छन् । बुधबार विराटनगरमा पुगेका सिंहले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको टिप्पणी गरे ।

पार्टी विभाजन हुँदा शेरबहादुर देउवा र एकतापछि गिरिजाप्रसाद कोइरालाको उपसभापति भएर काम गरेको भन्दै उनले भने, ‘१२ औं महाधिवेशनमा सभापति शुुशील कोइरालाले भन्दाबढी मत ल्याएर महामन्त्री जितेको हुँ । प्रकाशमानको रेकर्ड हेरे हुन्छ ।’

गणेशमान र मंगलादेवीको छोरा भएपनि आफू ग्रासरुटबाट राजनीति गरेर आएको उनको दाबी छ । आफूलाई काठमाडौं बाहिरका मान्छेले चिन्दैनन् भन्ने महामन्त्री कोइरालातर्फ लक्षित गर्दै सिंहले भने, ‘भन्नेहरु पनि कस्ता ? म फलानाको ढिस्कानाको भएको हुनाले मलाई हुनुपर्छ । किन हुनुपर्छ भन्दा हुनुपर्छ, अरुले सक्दैन भन्छ । तर्क दिन सक्दैन । के छ भन्ने रेकर्ड राख्नुपर्छ नि !’



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content