अजय यादव वियोगी
कलैया ,बारा
"
बाराको पचरौता नगरपालिका वडा नम्बर -१ पिपरपातीमा वडाध्यक्ष विनय सिँहले एक कार्यक्रममा गरि वडा भरिका जेष्ठ नागरिक ,शिक्षा क्षेत्रका प्रमुख ,विभिन्न जातिका अगुवा गण ,विभिन्न क्षेत्रका वडामा कार्यरत कर्मचारी ,शिक्षक ,शिक्षिका ,पिपरपाती बेस क्याम्पका सशस्त्र क्याम्पका प्रमुख , प्रहरी प्रशासनका कर्मचारीहरुलाई सम्मान गरिएको हो । प्रमुख अतिथि लोसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् पचरौता नगरपालिकाका मेयर प्रत्यासी श्याम प्रसाद गुप्ता रहनु भएको थियो ।विशिष्ट अतिथिहरु लोसपाका नगर अध्यक्ष अब्दुल बसिर ,एकाई अध्यक्ष बिरेन्द्र सिँह लगायतका उपस्थिति रहेको थियो ।पचरौता नगरपालिकाको सेवा दिदै आएको सिम्रौनगढ स्थित मालपोतका कर्मचारी नापीका कर्मचारी ,तथा नेपाल विधुत्त प्राधिकरणका कर्मचारीलाई सम्मान गरिएको पचरौता नगरपालिका वडा नम्बर -१को कार्यालयले जानकारी दिएका छन्। सम्मान पछि वडाध्यक्ष विनय सिँहले वडाका जनतालाई सम्मानित गर्दा खुशी महसुस भएको बताउनुभयो।अागमी दिनमा पनि सहयोग तथा सम्मान गर्दे जाने बताउनुभयो।प्रमुख अतिथि एवम् पचरौता नगरपालिकाका मेयर प्रत्यासी श्याम प्रसाद गुप्ताले सहनशीलताको आधारमा नगरपालिका चलाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो।सम्मान कार्यक्रम वडा कार्यालयको सभाहलमा राखिएको थियो ।
प्रतिक्रिया