Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न ग...

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।


आइतवार बिहान वीरगंज बसपार्कमा स्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेर गरिएपछि वीरगंज पब्लिक कलेजको नयाँ भवनमा वाङ्गमय सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी आयोजना गरियो ।
प्रमुख अतिथि मेयर सिंहले भानुभक्त आचार्य नेपाली भाषाका शिल्पी मात्र नभई नेपाली पहिचानका मेरूदण्ड भएको बताए । उनले आजको दिन साहित्य, भाषा र संस्कृतिप्रतिको हाम्रो कर्तव्य सम्झने दिन हो । वीरगंजमा यस्ता कार्यक्रमहरू हुनुले यो शहरको सांस्कृतिक चेतना र साहित्यिक सक्रियता झल्काउने बताए ।


कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो भने साहित्यकार गणेश लाठ र राम प्रसाद अधिकारीलाई पनि दोसल्ला, प्रशंसा पत्र र रू. १२,५०० नगदसहित सम्मान गरिएको थियो ।
नारायणी वाङ्गमय प्रतिष्ठानकी अध्यक्ष कविता खडकाको अध्यक्षतामा भएको कार्यक्रमम वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, केसी लामिछाने, मधेस प्रदेश महासंघका श्याम बन्जारा, मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, रामनारायण कुर्मी, सुशिला शाह, सलमा खातुनलगायतको उपस्थिति थियो । कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य सुर्यानारायण विक र सञ्चालन गीता भण्डारीले गरेकी थिइन ।


भानु जयन्तीको अवसरमा विद्यार्थीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content