Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित "शंखधर शाख्व: पार्क" को ...

वीरगंज २५ जेठ ।
वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित "शंखधर शाख्व: पार्क" को रूपमा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
शनिबार एक विशेष समारोहबीच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बेलुन र ल्याम्प उडाएर पार्कको उद्घाटन गर्नु भयो । लामो समयदेखि बन्द रहेको यो पार्क फेरि सर्वसाधारणका लागि खुला भएसँगै नगरवासीमा उत्साह देखिएको छ।

यश अघि १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कलाई अतिक्रमण हटाउँदै विस्तार गरी अहिले करिब २ विघामा फैलाइएको छ। अझै केही अतिक्रमण हटाउन अदालती प्रक्रिया चलिरहेको छ।
करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरेर पार्कको पूर्वाधार निर्माण तथा सौन्दर्यकरण गरिएको छ। अब पार्कमा पानीको फोहोरा, खुला मञ्च, वनभोज स्थल, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग स्थल र प्रभात यात्रा गर्न मिल्ने ट्र्याकसहितको सुविधा उपलब्ध छ ।

यस अघि 'चिल्ड्रेन पार्क' भनेर चिनिने यो पार्कको नाम अहिले परिवर्तन गर्दै ऐतिहासिक एवं सामाजिक योगदानका लागि चिनिने शंखधर शाख्व: को नाममा नामाकरण गरिएको हो।
उनी नेपालमा पहिलोपटक साझा अर्थतन्त्रको अवधारणा ल्याउने समाजसेवीका रूपमा चिनिन्छन् । वीरगञ्ज महानगरपालिकाले शंखधरको योगदानको सम्मानस्वरूप पार्कलाई उहाँको नाममा समर्पण गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार यो पार्क केवल सौन्दर्यकरणको परियोजना मात्रै नभइ, यो वीरगञ्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको साझा थलो हो। उहाँले भन्नुभयो, "शंखधर शाख्व: पार्कलाई हामी मनोरञ्जन, स्वास्थ्य र समुदायको मुटु बनाउनेछौं। यसले हाम्रो संस्कृतिलाई सम्मान गर्दै समृद्ध नगर निर्माणको दिशामा योगदान पुर्‍याउनेछ।"

पार्कको चारैतिर सुरक्षाका लागि पर्खाल लगाइएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार पार्क हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुला रहनेछ। लामो समयसम्म पार्क बन्द हुँदा नागरिकले चाँडो खुलाउन आग्रह गरेका थिए। अब यसको पूर्णता पाएपछि सर्वसाधारणले बिहानको हिँडाइदेखि लिएर साँझको शारीरिक क्रियाकलाप, बालबालिकाको खेल, र पारिवारिक वनभोजसमेत यही पार्कमा गर्न सक्नेछन्।

शंखधर शाख्व: पार्कको औपचारिक पुनःसञ्चालनसँगै वीरगञ्जमा खुला, हरियाली र व्यवस्थित सार्वजनिक स्थलको अभाव पूर्ति हुने विश्वास गरिएको छ। नगरवासीले यसलाई आफ्नो पार्कझैं संरक्षण र उपयोग गर्ने अपेक्षा नगरपालिकाले राखेको छ।
उद्घाटन कार्यक्रममा वीरगंजका लब्धप्रतिष्ठित व्यतित्व देकी सर्वसाधारण नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content